सेसेमी नाल्बो लिम्बु भाषा साहित्य प्रतिष्ठानको कुलपतिमा पुनः चयन

 लिम्बुवान न्युज
                       


दमक, १९ असोज । लिम्बू भाषा साहित्य प्रतिष्ठान दमकको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
शुक्रबार झापाको दमक १ येहाङनगर स्थित सिरिजङगा सामुदायिक भवनमा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापोको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको दोस्रो अधिबेशन भएको हो ।
अधिवेशनले सेसेमी से.नाल्बोलाई पुनः दोस्रो कार्यकालको लागि कुलपति चयन भएका हुन् । नाल्बोको नेतृत्वमा सात सदस्यीय समिति चयन गरेको छ । उक्त समितिको उपकुलपतिमा मुसाहाङ अम्याङ्सा, प्राज्ञ सचिवमा रचना लाओती, प्राज्ञ अर्थमा गुमान सिं सम्बाहाङ्फे, प्राज्ञ सदस्यहरुमा कविन्द्र सेर्मा, बिष्णु केरुङ र फुङमा तुम्रोक रहेका छन् ।
त्यसै गरी सोहि अधिबेशनले प्राज्ञिक समिति गठन गरेको छ । समितिमा क्रमशः सेसेहाङ फियाक, सेसेमी से.नाल्बो, मुसाहाङ अम्याङ्सा, रचना लाओती रहेको छ । अधिबेशन सम्पन्न गर्न बिधानतः तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो । संयोजकमा लछामी सेर्मा पापो, सदस्य सचिवमा दिल पाक्साङ्वा, सुमित्रा वाङ्देल चेली रहेको थिए ।

कार्यक्रममा याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपाल उपकुलपति लछामी सेर्मा पापो, नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेली, कियाचु झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाक, लिम्बू भाषा तथा संस्कृति बिकास केन्द्र तेह्रथुमका अध्यक्ष दिल पाक्साङ्वा, लिम्बू उपन्यासकार थाकुहाङ मेरिङ, कियाचु दमक नगर अध्यक्ष देबेन्द्र चेम्जोङ, लिम्बू पत्रकार संघ झापा जिल्ला अध्यक्ष देशराज नेम्बाङ, चलचित्र निर्माता निर्देशक/लेखक थेयुसा फागो, रुबाई मञ्च नेपाल केन्द्रीय अध्यक्ष राज कुमार सुब्बा अनिश्चित लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लिम्बू भाषा साहित्य प्रतिष्ठानको १८ जना आजीवन सदस्य तथा ९ जना संरक्षक सदस्यताको प्रमाणपत्र समेत वितरण गरेको थियो ।
लिम्बू भाषा साहित्य प्रतिष्ठानको दमक कुलपति सेसेमी से.नाल्बोको अध्यक्षता सम्पन्न भएको हो । स्वागत मन्तव्य गुमान सिंह सम्बाहाङ्फेले राखेका थिए भने संचालन प्राज्ञ सचिव मुसाहाङ अम्याङ्साले गरेका थिए ।

सम्बन्धित समाचार

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...