राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

,   लिम्बुवान न्युज
                       

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ ।

तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्समा आबद्ध माङतोकको २०६४ असोज २० गते ऐतिहासिक संविधानसभाको निर्वाचन प्रणाली पूर्णसमानुपातिक चुनाव प्रणालीबाट गरिनु पर्छ भन्ने संघीय गणातान्त्रिक माेर्चाले गरेकाे १९दिने आन्दोलनको क्रममा  झापा तोपगाछीस्थित कमलखोला पुल नजिक शसस्त्र प्रहरीको गोली लागि शहिद भएका भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान मञ्चले कमल गाउँपालिका केर्खास्थित माङतोक समाधिस्थलमा सहिदको समाधीमा दिप तथा माल्यार्पण गरी शहिदलाई सम्झेका छन् भने मञ्चले चुलाचुली १ कमलस्थित माङतोकको शालिकमा समेत मौनधारण तथा माल्यार्पण गर्दै सहिद प्रति श्रद्धाञ्जली चढाएका छन् ।

माङताेक १६औं स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

यसैगरी दमकस्थित स्वर्गलोक होटलको सभाहलमा नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान प्रान्तीय समितिले माङतोकको १६औं स्मृति दिवसमा श्रद्धाञ्जली सभाका साथै लिम्बुवान र पहिचान विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ्, देशभक्त समाजवादी मोर्चाका संयोजक पूर्व मन्त्री गोपाल किराती, किरात लिम्बुवान नामाङकन अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ, जसपा नेपालका केदार धिमाल, किरात राई यायोक्खाका अर्जुन जम्नेली राई, खस क्षेत्री युवा मञ्चका अशोक क्षेत्री, लिम्बु विद्यार्थी मञ्चबाट प्रदिप नेयोङ्, दलित अभियन्ता बलराम ऋषिदेव लगायत नेताहरुले शहिदलाई सम्मान गर्दै पहिचानको लागि एकजुट हुनु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा वक्ताहरूले पहिचानको राजनीतिलाइ सामुदायिक समाजबादमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । उनीहरूले सहअस्तित्वबादी बिचार, साझा नेतृत्व, साझा बिचार भएको संगठनात्मक प्रणाली भएको राजनीतिक शक्ति बनाउनु पर्ने, सामुदायिक समाजबादी रणनीतिक लक्ष्य प्राप्तिको लागि भौगोलिक-सांस्कृतिक पहिचानको आधारमा राष्ट्रिय आन्दोलनको निर्माण गर्दै अभियानलाइ निरन्तरता, बिद्रोहको तयारी संघर्षमा जोडको कार्यदिशा अवलम्बन गर्नु पर्ने र सामुदायिक समाजबादको रणनीतिक लक्ष्य प्राप्तिको लागि राज्यबिहिन राष्ट्र/समुदायको अगुवाइ/नेतृत्व अनिवार्य रहेकाे बताएका छन्।

कार्यक्रममा नाउपा एकीकृतका नेताहरु उपाध्यक्ष अम्बर बहादुर पन्धाक, अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, सहसचिव पदम अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लिम्बुवान प्रान्तीय समितिका अध्यक्ष भुपेन्द्र मावोको अध्यक्षता तथा महासचिव योवाहाङ् तुम्बाहाङफेले संचालन गरेका थिए ।

यसरी नै विभिन्न जिल्लाहरु र प्रवासहरुमा राष्ट्रिय सहिद राजकुमार आङ्देम्बे माङतोकलाई स्मरण गर्दै पहिचानवादी राजनैतिकल दल लगायत संघ संस्थाहरुले श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;