राजकुमार आङदेम्बे ‘माङतोक’को १६औं स्मृति दिवस मनाइयो

 लिम्बुवान न्युज
                       

दमक, २० असोज । आदिवासी पहिचान तथा लिम्बुवान आन्दोलनको क्रममा राष्ट्रिय सहिद भएका राजकुमार आङ्देम्बे माङतोकको स्मृतिमा आज विविध कार्यक्रम गरि १६औं स्मृति दिवस मनाइएको छ ।

तत्कालिन मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद मातहतको लिम्बुवान भोलेन्टियर्समा आबद्ध माङतोकको २०६४ असोज २० गते ऐतिहासिक संविधानसभाको निर्वाचन प्रणाली पूर्णसमानुपातिक चुनाव प्रणालीबाट गरिनु पर्छ भन्ने संघीय गणातान्त्रिक माेर्चाले गरेकाे १९दिने आन्दोलनको क्रममा  झापा तोपगाछीस्थित कमलखोला पुल नजिक शसस्त्र प्रहरीको गोली लागि शहिद भएका भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको लिम्बुवान मञ्चले कमल गाउँपालिका केर्खास्थित माङतोक समाधिस्थलमा सहिदको समाधीमा दिप तथा माल्यार्पण गरी शहिदलाई सम्झेका छन् भने मञ्चले चुलाचुली १ कमलस्थित माङतोकको शालिकमा समेत मौनधारण तथा माल्यार्पण गर्दै सहिद प्रति श्रद्धाञ्जली चढाएका छन् ।

माङताेक १६औं स्मृति दिवसमा अन्तरक्रिया कार्यक्रम

यसैगरी दमकस्थित स्वर्गलोक होटलको सभाहलमा नागरिक उन्मुक्ति पार्टी एकीकृत लिम्बुवान प्रान्तीय समितिले माङतोकको १६औं स्मृति दिवसमा श्रद्धाञ्जली सभाका साथै लिम्बुवान र पहिचान विषयक अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको छ ।

कार्यक्रममा पार्टीका संघीय अध्यक्ष ज्ञान बहादुर गुरुङ्, देशभक्त समाजवादी मोर्चाका संयोजक पूर्व मन्त्री गोपाल किराती, किरात लिम्बुवान नामाङकन अभियानका संयोजक प्रेमदिप थाम्सुहाङ, जसपा नेपालका केदार धिमाल, किरात राई यायोक्खाका अर्जुन जम्नेली राई, खस क्षेत्री युवा मञ्चका अशोक क्षेत्री, लिम्बु विद्यार्थी मञ्चबाट प्रदिप नेयोङ्, दलित अभियन्ता बलराम ऋषिदेव लगायत नेताहरुले शहिदलाई सम्मान गर्दै पहिचानको लागि एकजुट हुनु पर्ने कुरामा जोड दिएका छन् ।

कार्यक्रममा वक्ताहरूले पहिचानको राजनीतिलाइ सामुदायिक समाजबादमा रुपान्तरण गर्नु पर्ने बताएका छन् । उनीहरूले सहअस्तित्वबादी बिचार, साझा नेतृत्व, साझा बिचार भएको संगठनात्मक प्रणाली भएको राजनीतिक शक्ति बनाउनु पर्ने, सामुदायिक समाजबादी रणनीतिक लक्ष्य प्राप्तिको लागि भौगोलिक-सांस्कृतिक पहिचानको आधारमा राष्ट्रिय आन्दोलनको निर्माण गर्दै अभियानलाइ निरन्तरता, बिद्रोहको तयारी संघर्षमा जोडको कार्यदिशा अवलम्बन गर्नु पर्ने र सामुदायिक समाजबादको रणनीतिक लक्ष्य प्राप्तिको लागि राज्यबिहिन राष्ट्र/समुदायको अगुवाइ/नेतृत्व अनिवार्य रहेकाे बताएका छन्।

कार्यक्रममा नाउपा एकीकृतका नेताहरु उपाध्यक्ष अम्बर बहादुर पन्धाक, अशोक चेम्जोङ, इन्दीरा मेन्याङ्बो, सहसचिव पदम अधिकारी लगायत नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम लिम्बुवान प्रान्तीय समितिका अध्यक्ष भुपेन्द्र मावोको अध्यक्षता तथा महासचिव योवाहाङ् तुम्बाहाङफेले संचालन गरेका थिए ।

यसरी नै विभिन्न जिल्लाहरु र प्रवासहरुमा राष्ट्रिय सहिद राजकुमार आङ्देम्बे माङतोकलाई स्मरण गर्दै पहिचानवादी राजनैतिकल दल लगायत संघ संस्थाहरुले श्रद्धाञ्जली कार्यक्रम गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...