दमकमा अन्तर मिडियाकप फुटसल हुँदै

 लिम्बुवान न्युज
                       

दमक, २२ कार्तिक । पत्रकार मञ्च दमक, झापाले दसैं, तिहार, छट पर्वको अवसर पारेर मिडियाकप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

मञ्चको शुक्रबार बसेको बैठकले कार्तिक २३ गते एक दिवसीय मिडियाकप फुटसल–२०८० प्रतियोगिता आयोजना गर्ने भएको हो ।

प्रतियोगितामा झापामा रहेका विभिन्न पत्रकारजन्य संस्था, मिडिया हाउस र इलामको माङसेबुङबाट विभिन्न मिडियाले सहभागिता जनाउने अनुमान गरिएको छ ।

‘सहभागी हुने टिमको यकिन संख्यासहित २२ गते पत्रकार सम्मेलन गरेर टाइसिट सार्वजनिक गर्नेछौं । आमन्त्रणका लागि पत्राचार गरिसकेका छौं’, प्रतियोगिता बारे जानकारी दिँदै मञ्चका अध्यक्ष कमन देवानले भने –‘विभिन्न सहयोगी दाताहरुसँगको सहयोगबाट प्रतियोगिता सम्पन्न गर्नेगरी तयारी थालेका छौं ।’

प्रतियोगिताका विजेताले नगद १५ हजार १५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १० हजार १० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । तर, टाइटल स्पोन्सरका लागि विभिन्न चरणमा व्यवसायिक घरानाहरुसँग टाइअपको प्रयास भइरहेकोले पुरस्कार राशी बढ्न सक्ने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोल किपर र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने बताइएको छ ।

दमक ५ को बिष्ट फुटसल कोर्टमा आयोजना हुने प्रतियोगिता दीपावली र छठ पर्वको अवसरमा सञ्चारकर्मीहरुबीच आपसी भाइचारा वृद्धिका लागि आयोजना गर्न लागिएको मञ्चकी उपाध्यक्ष गीता ढुङ्गाना बताइन् ।

प्रतियोगिता सम्पन्न गर्न विभिन्न समिति

प्रतियोगिता सम्पन्न गर्न मञ्चका पूर्व अध्यक्ष विष्णु पोखरेलको संयोजकत्वमा तीन सदस्यीय प्रतियोगिता मूल व्यवस्थापन समिति गठन गरेको मञ्चका सचिव उमानाथ भण्डारीले जानकारी दिएका छन् ।

समितिका सदस्यहरुमा मञ्चका निवर्तमान अध्यक्ष मनकुमार गदाल र चिरञ्जीवी घिमिरे सदस्य छन् ।

प्रतियोगिता सफल पार्न कविध्वज राईको संयोजकत्वमा खेल व्यवस्थापन उप–समिति गठन गरिएको छ भने समितिका सदस्यहरुमा क्रमशः सजन राई र उत्तम रिजाल सदस्य छन् ।

त्यस्तै प्रतियोगिता सम्पन्न गर्न चिरञ्जीवी घिमिरेको संयोजकत्वमा तीन सदस्यीय आर्थिक व्यवस्थापन उप–समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा डिल्लीस्वर मुसाहाङ र सबिना राई छन् ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...