माङसेबुङ इक्ला सिजन २ का लागि ८ उत्कृष्ट प्रतियाेगी छानिए

 लिम्बुवान न्युज
                       

दमक, १२ मंसिर । माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगितामा उत्कृष्ट ८ मा पर्न सफल प्रतियोगीहरुको नामावली सार्वजनिक गरिएको छ ।

चार चरणको अनलाइन अडिसन पार गरेर सेमिफाइनल (उत्कृष्ट ८) मा पुग्न सफल प्रतियोगीहरुकोे नाम सार्वजनिक गरिएको हो ।

माङसेबुङ इक्ला सिजन २ का लागि उत्कृष्ट ८ मा परेका कलाकारहरु हरिचन्द्र लिम्बू लेटाङ ७ वराङ्गी मोरङ, कुमार नेम्बाङ फाल्गुनन्द ४ पान्थर, रोशन लिम्बू, मेरिङ्देन १ ताप्लेजुङ, दिनेश योङ्हाङ फाक्फोकथुम ७ इलाम, श्री कुमार लिम्बू माङ्सेबुङ २, इलाम, तागेरा आङ्देम्बे, फाल्गुनन्द ६ पान्थर, उपेन्द्र लिम्बू मिक्लाजुङ १ सराङ्डाँडा पान्थर र शान्ता फियाक लिम्बु माई नगरपालिका ६ इलाम रहेका छन् ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको अवसरमा माङसेबुङ इक्ला सिजन २ गायन प्रतियोगिता कार्यक्रम आयोजना गरिएको किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका अध्यक्ष ज्ञानु केदेमले बताएका छन् ।

पान्जुम्भोका अध्यक्ष केदेमका अनुसार माङसेबुङ इक्ला दुई वर्ष पहिले आयोजना गरिएको थियो र यसैलाई निरन्तरता दिन पुनः यस वर्ष पनि आयोजना गरिएको हो ।

प्रतियोगिहरुमध्ये चार चरणको अनलाइन अडिसन पार गरी सेमीफाइनलमा पुगेका उत्कृष्ट ८ प्रतियोगिहरुले माङसेबुङमा आयोजना हुने सेमीफाइनलमा प्रतिस्पर्धा गर्ने किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भोका सचिव सुवास गुरुङले बताएका छन् ।

पान्जुम्भोका सचिव गुरुङका अनुसार प्रतियोगिताको सेमिफाइनल माङसेबुङमा आगामी मंसिर १८ गते साँझ हुने छ भने, फाइनल मसिंर १९ गते साँझमा आयोजना हुने छ ।

आयोजकका अनुसार यस वर्ष प्रतियोगितामा सहभागि कलाकारहरुले अनलाइन अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीत गाएर भिडियो रेकर्ड गरी आयोजकलाई वार्डस्एप नम्बरमा भिडियो पठाएका थिए ।

माङसेबुङ इक्ला प्रतियोगितामा सहभागिहरुलाई पहिलो, दोस्रो, तेस्रो र चौथो अडिसन अनलाइन मार्फत लिइएको छ । प्रतियोगीले चार चरणसम्मको अडिसनका लागि आदिवासी मातृभाषा अथवा किरात धार्मिक जागरणमा आधारित गीतमा गाएर भिडियो पठाएको आधारमा छनौट गरिएको थियो ।

मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यूको ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूको नुमाङगेन्ना महान सेवा समारोहको आवसरमा आयोजित माङसेबुङ इक्ला गायन प्रतियोगिताको निर्णायकमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दिलमति चेम्जोङ र गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहनु भएको छ ।

प्रतियोगिताको आयोजना व्यवस्थापन किरात साम्यो साक्थिम्गेन मुजोत्लुङ पान्जुम्भो माङसेबुङ इलामको रहेको छ भने, मूल आयोजकको रुपमा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङज्यू ७० औं शुभजन्मोत्सव तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यू नुमाङगेन्ना महान सेवा समारोह रहेको छ ।

सम्बन्धित समाचार

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...

सरकार र जेनजि बिच १० बुदे सम्झौता: पुर्ण पाठसहित

ललितपुर, २४ मङ्सिर : सरकार र जेनजी प्रतिनिधिहरूबीच १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री निवास सिंहदरबारमा बुधबार दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट भोजविक्रम थापाले...

पुर्वमा चार पहिचान पक्षधरको एकता घोषणा

दमक, २४ मङ्सिर । पहिचानको आन्दोलन गर्दै आएका चार राजनीतिक दलबीच एकीकरण भएको छ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा पूर्व क्षेत्रमा पहिचान र अधिकारका मुद्दा उठाउँदै आएका चार दलबीचमा एकता भएको हो । आज झापाको...

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...