फालेलुङमा संघर्ष समिति र पहिचानका लागी युवा गठन

 लिम्बुवान न्युज
                       

दमक, १९ मंसिर ।  पाँचथर जिल्लाको फालेलुङ गाउँपालिकामा प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति र पहिचानका लागि युवा दस्ता गठन भएको छ।

पहिचानवादीहरुको भेलाले धन बहादुर केरुङको संयोजकत्वमा २१ सदस्यीय संयुक्त संघर्ष समिति र दिपक आङथुपोको संयोजकत्वमा २१ सदस्यीय पहिचानका लागि युवा दस्ता गठन भएको हो।

प्रदेशको नाम ‘कोशी’ खारेज गरी पहिचानकाे आधारमा पुनः नामाङकन गरिनुपर्ने माग सहित ०७९ फाल्गुन १८ गते देखि भइरहेको आन्दोलनलाई गाउँ–गाउँबाट समेत सशक्त बनाउन संघर्ष समिति र युवा दस्ता गठन गरिएको बताइएको छ।

प्रदेश नं.१ पुनः नामाङकन संयुक्त संघर्ष समिति फालेलुङका इन्चार्ज नुनाम लिम्बू केरुङको उपस्थितिमा छलफल, अन्तरक्रियासँगै संघर्ष समिति र युवा दस्ता गठन गरिएको युवा दस्ताका संयोजक आङथुपोले बताए ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...