दिनेश याेङहाङले जिते ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि

 लिम्बुवान न्युज
                       

माङसेबुङ, २१ मंसिर । फाकफोकथुम इलामका दिनेश योङहाङले मातृभाषा गायन प्रतियोगिता ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि जितेका छन् ।

इलामको माङसेबुङमा मंगलबार वृहत सांस्कृतिक कार्यक्रमसँगै भएको फिनालेमा इलाम माई नगरपालिकाका शान्ता फियाक, मोरङ लेटाङ नगरपालिका वारङगीका हरिचन्द्र लिम्बू र पान्थर मिक्लाजुङ गाउँपालिका सारङडाँडाका उपेन्द्र आङदेम्बे लिम्बूलाई पछि पार्दै योङहाङले ‘माङसेबुङ इक्ला सिजन २’ को उपाधि हात पारेका हुन् ।

उपाधिसँगै योङहाङले नगद पुरस्कार ४० हजारको साथमा ट्रफी, एउटा गिटार र प्रमाण पत्र प्राप्त गरेका छन् । उप बिजेता बनेका तीन फाइनलिष्टहरुले जनही नगद १० हजारको साथमा ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।

किरात धर्मगुरू लिङदेन आत्मानन्द ‘सेइङ’ज्यूकाे ७० औं शुभजन्मोत्सव तथा गुरूआमा साँबा पवित्रहाङमा लिङ्देन नुमाङगेन्ना सेवा समारोहमा आयोजित वृहत सांस्कृतिक कार्यक्रमको अवसरमा आयोजना गरिएको मातृभाषा गायन प्रतियोगिता माङसेबुङ इक्ला सिजन २ को उत्कृष्ट आठ(सेमिफाइनलिष्ट) को लाईभ प्रस्तुतिको आधारमा सोमबार उत्कृष्ट चार प्रतियोगी फिनालेका लागि छनोट गरिएको थियो ।

यसैगरि मंगलबार फिनालेमा उत्कृष्ट चार प्रतियोगीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले विजेता छानेको थियो ।

माङसेबुङ इक्ला गायन प्रतियोगिताको टप चार फाइनालिस्टमा स्थान सुरक्षित गर्न सफल प्रतियोगिहरु दिनेश योङहाङ फाकफोकथुम इलाम, शान्ता फियाक माई नगरपालिका इलाम, हरी चन्द्र लिम्बू लेटाङ मोरङ, उपेन्द्र आङदेम्बे मिक्लाजुङ साराङडाँडा पान्थरका रहेका थिए ।

प्रतियोगिताको निर्णायकहरुमा गायक तथा संगीतकार लेखनाथ चेम्जोङ, गायिका दीलमती चेम्जोङ, गायक तथा संगीतकार आइन्द्र नेम्बाङ रहेका थिए ।

प्रतियोगि सहभागीहरुलाई अनलाइन अडिसनबाट छनौट गरिएको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...