रेशमलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचितः संस्थापक अध्यक्ष सह–अध्यक्षमा मनोनित

 लिम्बुवान न्युज
                       


नागरिक उन्मुक्ति पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनले अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् ।

टीकापुर घटनामा जेल परेपछि कारागारबाट जन्मिएको पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए ।

नाउपाले संस्थापक अध्यक्ष श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै रञ्जितालाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित सर्वसम्मत चयन भएका छन् ।

सात उपाध्यक्ष मध्ये बागमती प्रदेश बाहेक ६ जना उपाध्यक्षहरु सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा रतनबहादुर थापा, शिवकुमार बास्तोला, महेन्द्र पुन, इन्द्रकुमारी लिम्बु (इन्दीरा), रामकुमार महतो र डा. लेखजंग थापा रहेका छन् ।

यसरी नै दुई महासचिवमा मा. गंगाराम चौधरी डंगौरा र ठाकुरसिंह थारु निर्वाचित भएका छन् भने ७ सह–सहमहासचिवमा पदम अधिकारी, रामलाल डंगौरा, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् । यसरी नै सचिवहरुमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी, विजयकुमार बस्नेत निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमत हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल, अम्बरबहादुर लिम्बु इजम निर्वाचित भएका छन् ।

यसरी नै ऐतिहासिक प्रथम महाधिवेशनबाट कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी निर्वाचित गर्दै ३४ जना पदाधिकारी मध्ये २८ जना पदाधिकारी निर्विरोध भएका छन् भने बाँकी पदहरु आगामी फाल्गुन २६ देखि २८ गतेसम्म बस्ने बैठकले तय गर्ने बताइएको छ ।

उक्त महाधिवेशनबाट १९८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ । विधानमा ५०१ जना केन्द्रीय सदस्य रहने व्यवस्था भएसँगै अब थप केन्द्रीय समिति सात वटै प्रदेश, भूगोल, आदिवासी, थारु, दलित, पछडावर्ग, पछडिएको क्षेत्र लगायतबाट मनोनित गर्ने जनाइएको छ ।

नाउपाको ऐतिहासिक प्रथम महाधिवेशनमा ६६ वटा जिल्लाबाट ५ हजार ४७ जना प्रतिनिधिहरु र पर्यवेक्षकहरु सहभागी भएको नव निर्वाचित महासचिव मा. गंगाराम चौधरीले लिम्बुवान खबरलाई बताएका छन् ।

२०७८ सालमा मात्र जन्मिएको पार्टी नाउपाको हाल प्रतिनिधिसभामा ४ जना संसद, प्रदेशमा १२ जना सदस्य र १ सय जना जनप्रतिनिधि रहेको छ ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...