रेशमलाल चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचितः संस्थापक अध्यक्ष सह–अध्यक्षमा मनोनित

 लिम्बुवान न्युज
                       


नागरिक उन्मुक्ति पार्टीको ऐतिहासिक पहिलो महाधिवेशनले अध्यक्षमा पार्टीका संरक्षक रेशमलाल चौधरी सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन कार्यकतालिका अन्तर्गत निर्धारित समयसम्म उनको मात्रै उम्मेदवारी परेपछि चौधरी सर्वसम्मत भएका हुन् ।

टीकापुर घटनामा जेल परेपछि कारागारबाट जन्मिएको पार्टीको अध्यक्षमा उनकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष भएकी थिइन् । चौधरीलाई अध्यक्षको लागि रोशन थापा प्रस्ताव बस्दा सानु शाक्यले समर्थन गरेका थिए ।

नाउपाले संस्थापक अध्यक्ष श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । उक्त महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै रञ्जितालाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । यसैगरी वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित सर्वसम्मत चयन भएका छन् ।

सात उपाध्यक्ष मध्ये बागमती प्रदेश बाहेक ६ जना उपाध्यक्षहरु सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षहरुमा रतनबहादुर थापा, शिवकुमार बास्तोला, महेन्द्र पुन, इन्द्रकुमारी लिम्बु (इन्दीरा), रामकुमार महतो र डा. लेखजंग थापा रहेका छन् ।

यसरी नै दुई महासचिवमा मा. गंगाराम चौधरी डंगौरा र ठाकुरसिंह थारु निर्वाचित भएका छन् भने ७ सह–सहमहासचिवमा पदम अधिकारी, रामलाल डंगौरा, पवनकुमार साह, दिलकुमार लावती, राजन गुरुङ, प्रेमवती राना र निरबहादुर श्रेष्ठ रहेका छन् । यसरी नै सचिवहरुमा तुलसीप्रसाद चौधरी, ललित तम्राकार, चन्द्रकुमार चौधरी, विजयकुमार बस्नेत निर्वाचित भएका छन् भने सहसचिवमा क्रमशः पुष्पलता रेग्मी अधिकारी, करिश्मा कठरिया, अहमत हुसेन मनिहार, मणिराम भण्डारी, लालबहादुर रावल, अम्बरबहादुर लिम्बु इजम निर्वाचित भएका छन् ।

यसरी नै ऐतिहासिक प्रथम महाधिवेशनबाट कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी निर्वाचित गर्दै ३४ जना पदाधिकारी मध्ये २८ जना पदाधिकारी निर्विरोध भएका छन् भने बाँकी पदहरु आगामी फाल्गुन २६ देखि २८ गतेसम्म बस्ने बैठकले तय गर्ने बताइएको छ ।

उक्त महाधिवेशनबाट १९८ जना केन्द्रीय सदस्य निर्वाचित गरेको छ । विधानमा ५०१ जना केन्द्रीय सदस्य रहने व्यवस्था भएसँगै अब थप केन्द्रीय समिति सात वटै प्रदेश, भूगोल, आदिवासी, थारु, दलित, पछडावर्ग, पछडिएको क्षेत्र लगायतबाट मनोनित गर्ने जनाइएको छ ।

नाउपाको ऐतिहासिक प्रथम महाधिवेशनमा ६६ वटा जिल्लाबाट ५ हजार ४७ जना प्रतिनिधिहरु र पर्यवेक्षकहरु सहभागी भएको नव निर्वाचित महासचिव मा. गंगाराम चौधरीले लिम्बुवान खबरलाई बताएका छन् ।

२०७८ सालमा मात्र जन्मिएको पार्टी नाउपाको हाल प्रतिनिधिसभामा ४ जना संसद, प्रदेशमा १२ जना सदस्य र १ सय जना जनप्रतिनिधि रहेको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...