चुम्लुङकाे दमकमा एकदिने प्रशिक्षण सम्पन्नः संघीय अध्यक्ष येक्तेन अभिनन्दित

,   लिम्बुवान न्युज
                       


दमक, ३ माघ । किरात याक्थुङ चुम्लुङले मंगलवार दमकमा सांगठनिक सुदृढिकरण तथा वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका विषयक एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले किरात याक्थुङ चुम्लुङको उद्धेश्य, सांगठनिक ढाँचा, चुम्लुङको तहगत संगठनमा आबद्ध भई काम गर्नेहरूको काम, कर्तव्य, जिम्मेवारी, वर्तमान परिप्रेक्ष्यमा चुम्लुङको भूमिका, चुम्लुङको विधानमा व्यवस्था गरिएको विधि र विधानको सन्दर्भका विषयमा प्रशिक्षण गराएका थिए ।

प्रदेश नं १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको चुम्लुङ एक संगठन सदस्यको रूपमा क्रियाशील संस्थाको रूपमा रहँदै आएको चर्चा गर्दे उनले पहिचानको जारी आन्दोलनलाई निष्कर्षमा पुरयाँउन अझै आन्दोलन हुनु पर्ने आवश्यकता भएको औल्याए । पहिचानको आन्दोलनमा होमिएको अवस्थामा तहगत रूपमा काम गर्ने जिम्मेवार कार्यकर्ताहरू चुप लागेर बस्न नपाईने समेत उनको भनाई थियो ।

सामाजिक वा जातीय संस्थाले राजनीति द्धा बोकेर अघि बढ्दा संघीय लोकतान्त्रिक गणतन्त्र मुलुकमा कुनै आपत्ति नहुने कुरा प्रष्ट पार्दे उनले सिंगो मुलुकको समृद्धिका लागि अबको दिनमा चुम्लुङ पनि राजनीतिक चेतका साथ राजनीतिमा होमिनु युगले निम्त्याएको परिस्थिति हो भन्ने कुरा बुझ्न जरूरी रहेको स्पष्ट पारे।

प्रशिक्षणमा आएका सवालमा युवा नेता लासाङ निङलेकु, पदम बेघा, प्रवास समिति मलेसियाका पूर्व अध्यक्ष मोहनमाङ थेवे, मनकुमार थलङ, सूर्यप्रसाद यक्पान्देन, बलनाथ नाल्वो लगायतले विभिन्न जिज्ञासा राखेका थिए । आयोजक संस्थाका अध्यक्ष सेसेहाङ फियाकले कार्यक्रमको औचित्य, महत्व, उपादेयताको बारेमा प्रष्ट पार्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरेका थिए भने दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङले धन्यवाद मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङको संघीय सदस्य, राष्ट्रिय चुम्लुङ सदस्य, प्रदेश सदस्य, जिल्ला सल्लाहकार, जिल्ला पदाधिकारी टिम, नगर र गाउँ शाखाका पदाधिकारी सदस्यहरूको व्यापक उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन कवि साङसेन पन्दाकले गरेका थिए ।

संघीय अध्यक्ष येक्तेनलाई अभिनन्दन

कुसङ येले तङबे तथा कक्फेक्वा तङनाम–५०८४ को पावन अवसरमा झापाका विभिन्न कार्यक्रमहरूमा सहभागी बन्न आएका संघीय अध्यक्ष प्रेम येक्तेनलाई चुम्लुङ झापासहित दमक र कमल गाउँ शाखा समितिले संयुक्त रूपमा अभिनन्दन गरेका हुन् । चुम्लुङ झापाले आयोजना गरेको प्रशिक्षण कार्यक्रमका बीच उनलाई संयुक्त रुपमा अभिन्नदन गरिएको हो ।

उनलाई चुम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष तथा जिल्ला सल्लाहकार धिरेन लावती, जिल्ला अध्यक्ष सेसेहाङ फियाक, दमक नगर अध्यक्ष देवेन्द्र चेम्जोङ र कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बूले संयुक्त रूपमा अभिनन्दनपत्र हस्तान्तरण गरेका थिए ।

सोहि अवसरमा किरात याक्थुङ चुम्लुङको संरक्षक सदस्य बनेका ७ जना र ३० जना आजीवन सदस्यहरूलाई समेत सदस्यता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;