प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले जिल्लास्तरमा प्रशिक्षण कार्यक्रम गर्दै

 लिम्बुवान न्युज
                       


ललितपुर, १० माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिले जिल्लाव्यापी प्रशिक्षण कार्यक्रम गर्ने घोषणा गरेको छ । समितिले यहि माघ ३ गते एक विज्ञप्ति जारी गर्दै प्रदेशको १४ वटा जिल्लाहरुमा जिल्लास्तरीय जागरण तथा प्रशिक्षण गर्ने जनाएको हो ।

समितिले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार ताप्लेजुङ जिल्ला केपी पालुङ्वा, पाँचथर निरन्ती तुम्बापो र विराज आङ्देम्बे, इलाम डकेन्द्रसिंह थेगीम र प्रेम येक्तेन, झापा कुमार लिङ्देन, मोरङ् तिलकप्रसाद राई, सुनसरी जेन्टल लावती, उदयपुर गोपाल किराती, धनकुटा रामभक्त कुरुम्बाङ र अर्जुन जम्नेली राई, संखुवासभा पदम जवेगु र शंकर खेवा, खोटाङ रमेश राई, भिम राई र पर्शुराम राई, ओखलढुंगा जिवन हाताछो राई र सोलुखुम्बु लाक्पा शेर्पालाई जिम्मेवारी तोकिएको छ ।

गत पुष २६ र २७ गते धरानमा बसेको संयुक्त संघर्ष समितिको बैठकको निर्णय कार्यान्वयन गर्दै यो कार्यक्रमको आयोजना गर्न लागेको समितिको संयुक्त डकेन्द्रसिंह थेगीमले बताउनु भएको छ । प्रदेश सरकारले हालै वार्ता समिति घोषणा गरेको प्रति सकारात्मक टिप्पणी गर्दै संयोजक थेगीमले समितिले चाडै नै त्यस बिषयमा बैठक बसी निर्णय तय गर्ने बताउनु भएको छ ।

उनले मुख्य कुरा कोशी नाम खारेजी र पुनः नामाङ्कन नै जिकीर गर्दै यि दुई बुँदामा सरकारले ग्यारेन्टी गरे बार्ता बस्न तयार रहेको बताएका छन् । संघर्ष समितिले आन्दोलनलाई थप व्यवस्थित पार्ने उने बताएका छन् ।

यसरी नै ताप्लेजुङ्स्थित मुक्कुमलुङमा प्राकृतिक सम्पदा मासेर बन्न लागेकाे केवलकार निर्माण राेक्न निर्माण कम्पनीलाइ अनुराेध गर्दा पनि नराेकेकाे हुँदा उक्त आन्दोलनलाई पनि शसक्त बनाएर लान समेत संघर्ष समितिले माघ १५ गते मुक्कुमलुङमा बृहत जनप्रदर्शनकाे समेत तयारी भइरहेकाे थेगीमले बताएका छन् ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...