नेपाली कांग्रेसले आज स्थापना दिवस मनाउँदै

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १२ माघ । सत्तारुढ दल नेपाली कांग्रेसले आज ७८ औं स्थापना दिवस मनाउँदैछ । बि.सं. २००३ माघ १२ गते भारतको कलकत्तामा नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मितिलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने जनाएको छ । आज दिउँसो २ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रम हुँदैछ ।

वीपी कोइरालाको पहलमा २००३ साल माघ १२ गतेसम्म कलकत्ताको भवानीपुरमा युवाहरुको पहिलो भेला भएको थियो । त्यो भेलाले नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरेको थियो । गणेशमान सिंहको प्रस्तावअनुसार भेलाले टंकप्रसाद आचार्यलाई सभापति र वीपी कोइरालालाई कार्यवाहक सभापति चयन गरेको थियो ।

आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दै

कांग्रेसले स्थापना दिवस मनाए लगत्तै आजबाट ‘समुदायमा कांग्रेस’ अभियान पनि सञ्चालन गर्दैछ । ‘समुदायमा जाऔं, जनताका कुरा सुनौं’ नारासहित गाउँ जाने र जनताका आशा, अपेक्षा, सुझाव तथा गुनासा सुन्ने गरी अभियान सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिहरु खटाइने छ । केन्द्रबाट खटिने प्रतिनिधिले स्थानीय स्तरमा सेवा प्रवाहको अवस्था, विकास निर्माण र समुदायमा भएका असल अभ्यासको अवलोकन गर्ने जिम्मेवारी दिइएको छ ।

केन्द्रीय प्रतिनिधि बाहेक पदाधिकारी र पूर्वपदाधिकारी समेत प्रत्येक प्रदेशमा पुगेर समुदायमा कांग्रेस अभियानमा सहभागी हुने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

अभियानकै क्रममा १६ माघमा शहीद दिवसको अवसर पारेर ६ हजार ७४३ वडामा मात्र कार्यक्रम हुने गरी कार्यतालिका समेत नेपाली कांग्रेसले बनाइएको छ । अन्तिम दिन माघ २६ गते पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवससँगै अभियान समापन गर्ने केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;