प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको प्रशिक्षण तथा जनजागरण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

 

दमक, १४ माघ । प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापा लगायत विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ ।
शनिबार समितिले झापा लगायत सुनसरी, उदयपुर, इलाम लगायत जिल्लाहरुमा एकैसाथ सम्पन्न भएको हो ।
झापा विर्तामोडस्थित आदर्श ब्याङक्वैटमा सम्पन्न प्रशिक्षण कार्यक्रममा सङघीय सङघर्ष समितिका प्रतिनिधिहरूले प्रशिक्षण मन्तव्य राख्दै पहिचानको आन्दोलनलाई तार्किक निष्कर्षमा पुर्याउन गोलबन्द हुनुपर्ने कुरामा जोड दिए ।


कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समितिको एक घटक संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय अध्यक्ष तथा सङघर्ष समितिको सङघीय प्रतिनिधि कुमार लिङदेनले प्रशिक्षण मन्तव्य राख्नुहुँदै विश्वमा विद्धमान रहेको पहिचान र स–अस्तित्वको व्याख्या गर्नुभयो । वहाँले पहिचानको आन्दोलनमा होमिएका पहिचानवादीहरू विभिन्न विचारधारामा आबद्ध रहेपनि एकबद्ध भई अघि बढ्नको विकल्प अरू नभएको बताउँनुहुँदै अहिलेको परिस्थितिमा प्रदेशको नाम कोशी खारेजी र प्रदेश नं. १ को नाम सभ्यता र ऐतिहासिक भूगोलको आधारमा पुनः नामाङकन गराउने रहेको बताउनु भयो ।

यसैगरी अर्का बक्ता कार्यक्रमका विशिष्ठ अतिथि सङघर्ष समितिका एक घटक प्रस्तावित नेपाल जनमूक्त पार्टीका बरिष्ठ तथा पहिचानवादी लिम्बुवानी नेता सञ्जुहाङ पालुङवाले प्रशिक्षण मन्तव्य राख्नुहुँदै शसक्त आन्दोलन नगरि राज्य सत्ताले टेरपुच्छर नलाउने बताउनुभयो । वहाँले अहिले उठिरहेको आन्दोलनले सफलता प्राप्ति नहुने बताउनुहुँदै संविधानमा व्यवस्था गरिएको अधिकार सुनिचश्चितता गर्न, गराउनको निमित्त लिम्बुवान, खम्बुवान, कोचिला, शेर्पालुङ जस्ता स्यायत्त सरकार गठन गरेर दवावमूलक सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो ।
यदि सरकारले नेपालको संविधानमा व्यवस्था गरिएअनुसार कार्यान्वयन गर्दैन भने अधिकार खोज्ने शक्तिहरू एक भएर उत्रिनुपर्छ भन्ने कुरामा जोड दिनुहुँदै सशक्त आन्दोलनमा होमिनको निमित्त सम्पूर्ण पहिचानवादी शक्तिहरूलाई पालुङवाले आव्हान गर्नुभयो ।


अर्का वक्ता जसपा नेपालका केन्द्रिय सदस्य सरू सिङगक र नागरिक उन्मुक्ति पार्टीका प्रदेश अध्यक्ष धनबहादुर पन्दाकले पहिचानको आन्दोलनमा सम्पूर्ण तह र तप्काका आन्दोलनरत पक्षका कार्यकर्ताहरू सङघर्षको मैदानमा उत्रन आव्हान गर्नुहुँदै फागुन १७ गतेको आम हडतालालाई सफल पार्न आजदेखि नै लाग्न अपिल गर्नुभयो ।
कार्यक्रममा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशी, राजवंशी महिला विकास समितिका केन्द्रीय अध्यक्ष सनम राजवंशी, नेफिन झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, किरात धर्म तथा साहित्य उत्थान संघ राष्ट्रिय समिति नेपालका अध्यक्ष इन्द्रकुमार सेर्मा लगायतले मन्तव्य राखेका थिए ।
किरात राई यायोख्खा झापाका सल्लाहकार समर राईद्वारा स्वागत गरिएको कार्यक्रमका बक्ताहरूले मुन्धुमी धार्मिक आस्थाको केन्द्र मुक्कुमलुङ संरक्षण, संबर्द्धनको निमित्त हरेक कोणबाट सहयोग पुर्याउन र शसरीर आन्दोलनमा सहभागी हुन समेत आव्हान गर्नुभयो ।
प्रदेश नं. १ पुनः नामाङकन सङघर्ष समिति झापा संयोजक तथा नेफिन झापा अध्यक्ष पाण्डवलाल चौधरीको सभापतित्वमा सम्पन्न कार्यम्रममा इलाम चुलाचुली र झापाभरिका सङघर्ष समितिमा आबद्ध राजनैतिक दल, सामाजिक संघ–संस्था र स्थानीय स्तरमा गठित सङघर्ष समितिका नेता कार्यकर्ताहरूको व्यापक उपस्थिति रहेको थियो ।
संयुक्त सङघर्ष समितिको प्रदेशव्यापी एकदिने प्रशिक्षण तथा जनजागरण कार्यक्रम झापाको संचालन किरात याक्थुङ चुम्लुङ झापा अध्यक्ष तथा प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सङघर्ष समिति झापा सदस्य सचिव सेसेहाङ फियाक लिम्बूले सञ्चालन गरेका थिए ।
यसैगरी संघर्ष समितिको आव्हानमा आइतबार धनकुटा र मोरङ्मा समेत कार्यक्रम सम्पन्न भएको खबर प्राप्त भएको छ । मोरङ्को बेलबारी र धनकुटाको धनकुटा बजारमा कार्यक्रम सम्पन्न भएको जानकारी प्राप्त भएको छ । यसैगरी शनिबार सुनसरीको धरान, उदयपुरको गाइघाट लगायत स्थानहरुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले बताए ।

सम्बन्धित समाचार

दमकमा राष्ट्रियस्तरको ब्याटमिन्टन खेल हुँदै

दमक, ५ पुस /झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।बुधबार नमूना कवडहलमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिता बारे जानकारी गराएको हो । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल,प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेल रहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ ।   प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् ।खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ ।खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

मिक्सन मिभक मञ्चको मोरङ अध्यक्षमा निर्वाचित

दमक,५ पुस । मोरङका शसक्त पहिचानवादी युवा नेता मिक्सन मिभक संघीय लिम्बुवान प्रान्तीय मञ्च मोरङको छैटौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन् ! मोरङको उर्लाबारीमा सम्पन्न अधिवेशनले मिभकको अध्यक्षतामा २१ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको...

दमकमा राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने 

दमक । झापाको दमकमा प्रथम राष्ट्रिय स्तरीय दमक नमुना च्याम्पियनसिप २०८२ ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको बारेमा जानकारी गराएका थिए । दमक ७ मा रहेको दमक नमुना ब्याडमिन्टन एकेडेमीको आयोजनामा यहीँ मिति २०८२ पुष १०, ११ र १२ गते हुने प्रतियोगिताको तीव्ररुपमा तयारी भइरहेको एकेडेमीका अध्यक्ष प्रकाश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगिता सफल बनाउनका लागि ११ वटा उपसमिति गठन गरी काम गरिरहेको छ । दमकमा पहिलो पटक हुन गइरहेको प्रतियोगितामा ७ विधाका खेल हुने र ४ सय खेलाडी सहभागी हुने आयोजकको अपेक्षा रहेको छ । प्रतियोगितामा खुल्ला पुरुष डबल, खुल्ला १००+ पुरुष भेट्रान (कम्तिमा ४० वर्ष पुगेको), खुल्ला मिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबल र प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला गरी सात विधाका खेलरहेको छ । प्रतियोगिताको पुरस्कार राशि जम्मा ६ लाख ६५ हजार रहेको छ । खुल्ला पुरुष डबल खेलका विजेताले प्रथम ७१ हजार, दोस्रो ५१हजार र तेस्रो ४१ हजार प्राप्त गर्नेछन् भने खुल्ला १००+ पुरुष भेट्रानले ५१ हजार, ४१ हजार र ३१ हजार पाउनेछन् । यसैगरी खुल्लामिक्स डबल, खुल्ला महिला डबल, प्रदेश स्तरीय ‘बी’ डिभिजन खुल्ला डबलको पुरस्कार ४१ हजार, ३१ हजार र २१ हजार रहेको छ । यसका साथै प्रदेश स्तरीय १३ वर्ष उमेर समूह पुरुष र महिला खेलमा १० हजार, ६ हजार र ६ हजार पुरस्कार रहेको छ । प्रतियोगितामा लाग्ने अनुमानित खर्च २४ लाख ७४ हजार रहेको छ । आर्थिक संयोजक भवानीविक्रम आङदेम्बेका अनुसार जिल्ला बाहिरबाट आउने खेलाडीहरूका लागि खान र बस्नको नि:शुल्क व्यवस्था गरिएको छ । राष्ट्रिय स्तरका अम्पायर केदार धिमाल र प्रदेश स्तरका भानुभक्त सिटौला, सम्झना गिरीसहित ३५ जना अफिसियलहरू प्रतियोगितामा रहनेछन् । खेलहरू विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियम अनुसार योनेक्स माभिस ३५० सटलकक प्रयोग गरी खेलाइनेछ । सहभागी हुन चाहने खेलाडीहरूले आगामी २०८२ पुष ७ गते बेलुका ४ बजेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । खुल्ला बाहेक अन्य विधाका खेलाडीका लागि आधिकारिक परिचयपत्र अनिवार्य गरिएको छ ।

उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ समिति घोषणाः अध्यक्षमा एवीराज

दमक, २५ मंसिर । उज्यालो नेपाल पार्टीको प्रदेश नं. १ तदर्थ समिति घोषणा भएको छ । बुधबार धरानस्थित गोर्खा होटलमा आयोजित कार्यक्रमले एवीराज आङदेम्बेको अध्यक्षतामा ६५ सदस्यीय प्रदेश तदर्थ समिति गठन भएको हो । नवगठित...