पान्थर फेदेनस्थित मेची बाेर्डिङमा लिम्बु भाषा अध्ययन हुने

 लिम्बुवान न्युज
                       

दमक, १४ माघ । फिदिम ४ स्थित मेची इङलिस बोडिङ सूकलमा लिम्बु भाषाको अध्यन/अध्यापन हुनेभएको छ ।

आइतबार उद्घाटन कार्यक्रमको आयोजना गरि सुरु गरिएको हो । त्रिभुवन युनिभर्सिटीका उपप्राध्यापक तथा किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम येक्तेनको हस्तबहुलीबाट उद्घाटन गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य दिलेन्द्र सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष तथा प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिङ थेगिम, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, याक्थुङ प्रज्ञा प्रतिष्ठानका कुलपति राजेन्द्रकुमार जबेगु, फिदिम वडा नं. ४ का अध्यक्ष उपेन्द्र लावती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस शैक्षिकशत्रमा कक्षा ६ र ७ लाई अध्यापन गराउने र क्रमश कक्षाहरु बढाउदै लैजाने उक्त स्कूलका प्रीन्सिपल सीता सेलिङ्ले बताउनुभयो । भाषा शिक्षिकाको रुपमा अल्पाइन युनिभर्सिटी सिक्किमको लिम्बू डिपार्टमेन्टमा अध्यनरत केसामहाङमा नेम्बाङलाइ नियुक्ति गरिएको सेलिङ्ले बताइन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...