रितुराज थेगुवाको अध्यक्षमा लिम्बु सांस्कृतिक परिषद तेह्रथुम जिल्ला गठन

 लिम्बुवान न्युज
                       


तेह्रथुम । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको पाँचौ जिल्ला चुम्लुङ तथा लिम्बू सांस्कृतिक परिषद तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । तेह्रथुमको मेयङलुङ बजारमा भएको पाँचौ जिल्ला चुम्लुङ तथा चौथो लिम्बू सास्कृतिक परिषदको उद्घाटन सत्र कार्यक्रममा किरात याक्थुङ चुम्लुङ तेह्रथुमको प्रतिदिन जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले राखेका थिए । यसरीनै लिम्बु साँस्कृति परिषदको प्रतिवेदन नरपति चोङबाङले प्रस्तुत गरेका थिए ।

किरात याक्थुङ चुम्लुङको आयोजनामा भएको लिम्बू सास्कृतीक परिषदको अधिबेशनबाट रितुराज थेगुबाको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बेनुराज फुदोङ, सचिब बुद्वबिर सिङजागु, सह–सचिब घनश्यम लिम्बू र कोषाध्यक्षमा पार्बता तेयङ रहनुभएको छ । यसरी नै सदस्यहरूमा गजेन्द्र फोम्बो, प्रेम बहादुर आङबुङ, रोहिता लिम्बू, नरपति चोङबाङ, लक्ष्मी तेयुङ र फुल कुमारी सेरेङ चोङबाङ् चयन भएका छन् ।

यसरीगरी यसैकार्यक्रमको अवसर पारेर भगिस्वर तेयुङ (मनोज) को संम्योजकमा ५ सदस्य किरात याक्थुङ चुम्लुङ लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान समेत गठन गरिएको छ । प्रतिष्ठानको सदस्यमा हाङनारान हुक्पा चोङबाङ, नरेन्द्र खापुङ, यश पी गोधुली र बिनीता सेरेङ रहेका छन् ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा लिम्बू सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष सागर केरूङ, राष्ट्रिय चुम्लुङ सदस्य सुबिन्द थेगुबा, सम्पूर्ण अध्यक्षकाहरूको तर्फबाट मिम्जीफुङ केलाङ सयङका अध्यक्ष बेनुराज फुदोङ, सम्पूर्ण शिक्षकहरूको तर्फबाट श्रीजुङ मा.बि. का शिक्षक हाङनारान चोङबाङले अफ्नो भनाई राखेका थिए ।

कार्यक्रम चुम्लुङ तेह्रथुमको अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालना सचिब राजकुमार तेयुङले गरेका थिए ।

सम्बन्धित समाचार

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...

प्रहरीले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीविरूद्धकाे जाहेरी जाँचबुझ आयाेगलाइ पठायाे

काठमाडाैं, २१ असाेज ।  जेनजी आन्दोलनकारीले पक्राउ गर्न दिएकाे जाहेरी बुझेर जिल्ला प्रहरी परिसर काठमाडौँले  थप अनुसन्धानका लागि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगमा पठाएको छ । सुदन गुरुङलगातको सक्रियतामा मंगलबार जेनजी समूहले जेनजी...

पाँचथर जिप दुर्घटनामा छ जनाकाे मृत्युः छ जना घाइतेहरूकाे धरान घाेपा क्याम्पमा उपचार हुँदै

दमक, १९ असाेज । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा भएको बोलेरो दुर्घटनामा छ जनाकाे ज्यान गएकाे छ । ज्यान गुमाउने छ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पान्थरले जनाएकाे छ भने दुर्घटनामा छ जना...

इलाममा बाढी-पहिराेमा २८ जनाकाे मृत्यु

दमक, १९ असाेज ।  दुइ दिनदेखिकाे परेकाे भीषण वर्षाले निम्त्याएको पहिरोले प्रदेश १ काे इलाम जिल्लामा ठूलो मानवीय क्षति भएको छ। आइतबार विहानसम्मकाे विवरण अनुसार पहिरोले कम्तीमा २८ जनाको ज्यान लिइसकेकाे प्रहरीले जनाएको छ। प्रदेश...