फाेनिजकाे गतिविधिकाे अपब्याख्या गरेकाेमा आपत्ति

,   लिम्बुवान न्युज
                       

नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको विरोध गर्ने शैली अशोभनिय भएको भन्दै फोनिज लक्षित विरोधको आपत्ती जनाउँदै फोनिजले एक विज्ञप्ति जारी गरी बिरोध जनाएको छ । फोनिजका महासचिव मिलन लिम्बुले इतिहास नामेट गर्ने महासंघको कार्यको प्रतिकार गरिएकोमा त्यसो अपब्याख्या गरिएको प्रति आपत्ती जनाउँदै विज्ञप्ति जारी गरेका हुन् ।
पत्रकार संगठनका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको अपमान भएको हुँदा कार्यक्रम अवराेध गरिएकाे हाे तर फाेनिजलाइ कटाक्ष गर्दै सामाजिक संजालमा अपब्याख्या गर्दै टिकाटिप्पणी प्रति ध्यानाकर्षण गर्दै फाेनिजले विज्ञप्ति जारी गरेकाे छ । विज्ञप्तिमा के लेखिएकाे छ तल पढ्नुहाेला ।

प्रेस विज्ञप्ति

नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठको योगदान र इतिहासलाई नामेट पार्ने गलत मनसायका साथ नेपाल पत्रकार महासङ्घ बागमती प्र्रतिष्ठान प्रदेशले २०८० माघ २८ गते ‘अग्र अनुहार’ नामक पुस्तक विमोचनको प्रयास गरेको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र फोनिजमा आबद्ध संस्थागत सदस्य संस्था नेवाः देय पत्रकार दबुले इतिहास बङ्ग्याउने यस्तो कार्य रोक्न र श्रेष्ठलाई अविलम्ब नेपाल पत्रकार महासङ्घको संस्थापक कायम गर्न माग गर्दै सो पुस्तकको विमोचन कार्यक्रममा प्रतिरोध गरेको थियो ।
गलत इतिहास सच्याउन फोनिजले गरेको सो दिनको प्रतिरोधलाई अपव्याख्या गर्ने, लाञ्छित गर्ने कार्य सामाजिक सञ्जालहरुबाट भएकोले त्यस्ता गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
फोनिजले महासङ्घ र महासङ्घका अग्रजहरुप्रति सदा उच्च सम्मान र आदर प्रकट गर्दै आएको विदितै छ । तर, महासङ्घका अग्रजहरुको अनुहार पुस्तककमा समावेश गरिरहँदा यो वा त्यो बहानामा संस्थापक श्रेष्ठलाई पाखा लगाइनु इतिहासप्रतिको बेइमानी हो । हाम्रालागि यो सह्य हुनै सक्दैन ।
तथ्यका आधारमा इतिहासको पुनर्लेखन गरेर बिगतमा भएको गल्ती सच्याउने दिशामा लाग्न हामी सम्बद्ध पक्षलाई जोडदार माग गर्दछौं । साथै, ‘अग्र अनुहार’ नामक सो पुस्तकको प्रकाशन र बिक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने हुनाले यस्तो कार्य नगर्न नगराउनसमेत आग्रह र अनुरोध छ ।
सत्यनारायण बहादुर श्रेष्ठ नै नेपाल पत्रकार महासङ्घको संस्थापक हुन् । यो तथ्य स्थापित गर्न फोनिज निरन्तर आन्दोलित छ, छिट्टै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
३ फागुन २०८०
मिलन लिम्बू
महासचिव

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;