फाेनिजकाे गतिविधिकाे अपब्याख्या गरेकाेमा आपत्ति

 लिम्बुवान न्युज
                       

नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको विरोध गर्ने शैली अशोभनिय भएको भन्दै फोनिज लक्षित विरोधको आपत्ती जनाउँदै फोनिजले एक विज्ञप्ति जारी गरी बिरोध जनाएको छ । फोनिजका महासचिव मिलन लिम्बुले इतिहास नामेट गर्ने महासंघको कार्यको प्रतिकार गरिएकोमा त्यसो अपब्याख्या गरिएको प्रति आपत्ती जनाउँदै विज्ञप्ति जारी गरेका हुन् ।
पत्रकार संगठनका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको अपमान भएको हुँदा कार्यक्रम अवराेध गरिएकाे हाे तर फाेनिजलाइ कटाक्ष गर्दै सामाजिक संजालमा अपब्याख्या गर्दै टिकाटिप्पणी प्रति ध्यानाकर्षण गर्दै फाेनिजले विज्ञप्ति जारी गरेकाे छ । विज्ञप्तिमा के लेखिएकाे छ तल पढ्नुहाेला ।

प्रेस विज्ञप्ति

नेपाली पत्रकारिताको इतिहासमा वि.सं.२००८ साल वैशाख ९ गते पहिलो पटक नेपाल पत्रकार सङ्घ गठन गरेर सभापतिका रूपमा नेपालका पत्रकारलाई सङ्गठित गर्दै नेतृत्व प्रदान गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठको योगदान र इतिहासलाई नामेट पार्ने गलत मनसायका साथ नेपाल पत्रकार महासङ्घ बागमती प्र्रतिष्ठान प्रदेशले २०८० माघ २८ गते ‘अग्र अनुहार’ नामक पुस्तक विमोचनको प्रयास गरेको थियो । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र फोनिजमा आबद्ध संस्थागत सदस्य संस्था नेवाः देय पत्रकार दबुले इतिहास बङ्ग्याउने यस्तो कार्य रोक्न र श्रेष्ठलाई अविलम्ब नेपाल पत्रकार महासङ्घको संस्थापक कायम गर्न माग गर्दै सो पुस्तकको विमोचन कार्यक्रममा प्रतिरोध गरेको थियो ।
गलत इतिहास सच्याउन फोनिजले गरेको सो दिनको प्रतिरोधलाई अपव्याख्या गर्ने, लाञ्छित गर्ने कार्य सामाजिक सञ्जालहरुबाट भएकोले त्यस्ता गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
फोनिजले महासङ्घ र महासङ्घका अग्रजहरुप्रति सदा उच्च सम्मान र आदर प्रकट गर्दै आएको विदितै छ । तर, महासङ्घका अग्रजहरुको अनुहार पुस्तककमा समावेश गरिरहँदा यो वा त्यो बहानामा संस्थापक श्रेष्ठलाई पाखा लगाइनु इतिहासप्रतिको बेइमानी हो । हाम्रालागि यो सह्य हुनै सक्दैन ।
तथ्यका आधारमा इतिहासको पुनर्लेखन गरेर बिगतमा भएको गल्ती सच्याउने दिशामा लाग्न हामी सम्बद्ध पक्षलाई जोडदार माग गर्दछौं । साथै, ‘अग्र अनुहार’ नामक सो पुस्तकको प्रकाशन र बिक्री वितरणबाट नेपाली पत्रकारिताको गलत इतिहासले नै निरन्तरता पाउने हुनाले यस्तो कार्य नगर्न नगराउनसमेत आग्रह र अनुरोध छ ।
सत्यनारायण बहादुर श्रेष्ठ नै नेपाल पत्रकार महासङ्घको संस्थापक हुन् । यो तथ्य स्थापित गर्न फोनिज निरन्तर आन्दोलित छ, छिट्टै थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेसमेत यसै विज्ञप्तिमार्फत जानकारी गराउँदछौं ।
३ फागुन २०८०
मिलन लिम्बू
महासचिव

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...