तेह्रथुममा पहिचानी सहिद लाजेहाङकाे सालिक बन्ने

 लिम्बुवान न्युज
                       

तेह्रथुम, १३ फागुन 

पहिचानी राष्ट्रिय सहिद पदम कुमार लिम्बु सुक्वावा (लाजेहाङ)को सालिक निमार्णको लागि म्याङ्लुङ नगरपालिकोको यकथेगु गढी यकमा योग बिक्रम सुक्वाबाको अध्यक्षतामा १३ सदस्यीय सालिक निर्माण समिति गठन भएको छ।

समितिको उपाध्यक्षमा सुरेन्द्र लिम्बू,सचिब चहक मान लिम्बू,सहसचिबमा नवीन फुदोङ र कोषाध्यमा पार्वती तेयुङ रहनु भएको छ ।

यस्तै सोहि भेलाले एतिहासिक थाकथलोहरुको नाम परिमार्जन गर्न केसर जंग आम्बुहाङ लिम्बुको अध्यक्षतामा १३ सदस्यीय नाम पुनरलेखन समिति गठन गरेको छ ।

छराय सयङ सजुमले आज म्याङ्लुङ नरपालिका भित्र रहेको यकथेगु सम्म जानेबाटो सरसफाइ गरेको छ । छराय सयङमा थेगुवा, सिङजागु, थक्लेन, फुदोङ, अङलिङ र सुक्वाबा थरिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...