इतिहास सच्चाउन माग गर्दै फाेनिजकाे ७ दिने अल्टिमेटम

 लिम्बुवान न्युज
                       

विर्तामाेड, झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सम्बन्धि गलत इतिहास सच्याउन माग गर्दै ७ दिने अल्टिमेटम दिएको छ ।

विभिन्न तथ्यका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको तर श्रेष्ठलाई संस्थापक अध्यक्ष स्वीकार नगरेर श्रेष्ठ भन्दा पछिका कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष कायम गरिएको भन्दै फोनिज देशब्यापी आन्दोलनमा रहेको छ ।

७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दै फोनिजले देशभरका शाखाहरुबाट अल्टिमेटम दिएको हो । माग पूरा नभए नेपाल पत्रकार महासंघका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने बताइएको छ ।

देशब्यापी रुपमा आन्दोलनमा रहेको फोनिजले पत्रकार महासंघलाई अल्टिमेटम दिने क्रममा मंगलवार फोनिज झापा शाखाले पनि अल्टिमेटम सहित ज्ञापन–पत्र बुझाएको हो ।

फोनिज झापाकी अध्यक्ष भुमिका फियाक लिम्बू, सचिव तिलक योञ्जन, संस्थापक अध्यक्ष दिपिन राई, पूर्व अध्यक्षहरु रमेश शमदर्शी राई, इन्द्रजित मुखिया, बिशाल नेम्वाङलगायत फोनिज पत्रकारहरुको समुहले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई अल्टिमेटम सहित ज्ञापन–पत्र बुझाएको हो ।

वि.सं २०१२ चैत १६ गते तत्कालीन ‘नेपाल पत्रकार संघ’ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य सत्य भएको तर त्यसअघि विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको र २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भएको भन्दै श्रेष्ठनै संस्थापक अध्यक्ष भएकाले फोनिजले इतिहास सच्याउन माग गरेको हो ।

फोनजिले सत्यनारायण बहादुर श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समिति मार्फत माग गरेको थियो । तर, गलत इतिहास सच्याएर सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासंघ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको हो ।

फोनिजले अल्टिमेटम सहित २०७९ सालमा बुझाइएको ज्ञापन–पत्र स्मरण गराउदै पुनः ज्ञापन–पत्र समेत बुझाएको छ । देशभरी रहेका जिल्ला कार्यालय मार्फत साे ज्ञापनपत्र बुझाइएकाे फाेनिजका उपाध्यक्ष कमन देवानले बताएका छन् । उनले चरणबद्ध कार्यक्रमहरू अझै रहेकाे बताए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...