फाल्गुन १७ प्रदेश १ को अध्यारो दिन, १ बर्ष पुरा

 लिम्बुवान न्युज
                       

दमक, १८ फाल्गुन । १ नम्बर प्रदेशको नामाङकन पहिचान नामेट हुनेगरी कोशी प्रदेश कायम गरिएको १७ फाल्गुनमा एक वर्ष पूरा भएको छ । गत वर्षको फागुन १७ गते प्रदेश १ को नाम प्रदेश सभाले चोरबाटोबाट विधेयकल्याई प्रदेशको नाम पारित गरेको थियो ।

यससँगै दिनलाई अध्यारो दिनको रुपमा लिदै पहिचान पुनः प्राप्तिका लागि निरन्तर आन्दोलन सुरु भएको पनि यस नामाकरणसँगै एक वर्ष पूरा भएको हो ।

दुई तिहाई बहुमतको दम्भमा पहिचान मेटेर राखिएको कोशी नाम खारेज गर्न र पहिचानका आधारमा प्रदेशको पुनः नामाकरण गर्नुपर्ने माग गर्दै ४० भन्दा धेरै संघ संस्था र पहिचानवादी राजनैतिकदलहरुले प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समिति नै गठन गरेर निन्तर आन्दोलन जारी राखेका छन् ।

आन्दोलनका क्रममा गत चैत १० गते पदम लिम्बू लाजेहाङको प्रहरीको लाठी प्रहारपछि उपचारमा क्रममा निधन भएको थियो । राज्यले लिम्बूलाई शहिद घोषणा गरिसकेको छ । त्यस्तै, आन्दोलनकै क्रममा दमकमा गजेन्द्र फागोको देब्रे घुँडामा प्रहरीले चलाएको गोली लागेर आजीवन घाइँते बनेका छन् । थुप्रै आन्दोलनकारीमाथि मुद्दा चलाउने काम भएको छ भने पटक पटकका आन्दोलन र धरपकडमा घाइते हुने र हिरासत बस्नेको संख्या पनि एक सय बढी नाघिसकेको संघर्ष समितिले जनाएको छ ।

प्रदेश सरकार र आन्दोलनकारी पक्षबीच पछिल्लो पटक दुई चरणमा वार्ता भए पनि पहिचान नामेट पार्ने कोशी नाम खारेज गरेर पहिचानका आधारमा प्रदेश १ को पुनः नामाकरण गर्ने बारे सहमति हुने सम्भावना भने तत्कालै देखिँदैन ।

यसैबीच, कतिपय पहिचान पक्षधरहरुले भने संघर्ष समितिले कोशी खारेजीपछि त्यसको वैकल्पिक र साझा नाम लिएर आन्दोलन र वार्तामा नभएको आरोप लाग्दै आएको छ ।

आन्दोलनमा रहेका राजनीतिक दलहरु र विभिन्न जातीय संघसंस्थाले प्रदेश १ को साझा नाम के राख्ने भन्ने बारेमा ठोस निर्णय गर्न भने सकेको छैन । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले संघर्ष समितिका वार्ता टोलीलाई वैकल्पिक नाम मागे पनि दोस्रो पटकको वार्तामा उनीहरु साझा नाम दिन असमर्थ भएका थिए ।

प्रदेश १ मा एक भन्दा बढी रैथाने समुदायको पहिचानजनित भूगोल समावेश भएकोले यस प्रदेशको नाम लिम्बुवान, किरात, कोचिला, शेर्पालुङ, मधेश आदि रहनु पर्ने विभिन्न समयमा विभिन्न राजनीतिक दल, जातीय संगठनहरुको मागपत्र र विज्ञप्तिहरुमा उल्लेख हुँदै आएको छ ।

पछिल्लो समय जनता समाजवादी पार्टी, नेपाल (जसपा) प्रदेश नम्बर १ समितिले ‘किरात–लिम्बुवान–मधेस–शेर्पालुङ’ नामाकरणको प्रस्ताव गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले ‘कोचिला–किरात–लिम्बुवान (कोकिलि)’ नामाकरणको प्रस्ताव गरेको थियो ।

यी दुई राजनीतिक दल बाहेक अन्य राजनीतिक संगठन र जातीय संस्थाहरुले प्रदेश १ को समग्र भूगोल र ऐतिहासिक जातीय समुदायलाई सम्बोधन गरेर नाम प्रस्ताव गरेको देखिँदैन । खासगरी प्रदेश १ मा ठूलो संख्यामा रहेको राई समुदाय किरात प्रदेशको पक्षमा देखिन्छ भने अरुण पूर्वमा बाक्लो बसोबास रहेको लिम्बू समुदायले प्रदेश १ लाई लिम्बुवान–किरात प्रदेश नामाकरण गर्नुपर्ने मत अघि सार्दै आएका छन् । त्यस्तै किरात लिम्बुवान नामाङकन अभियान शुरु गरेका प्रेमदिप थाम्सुहाङले किरात लिम्बुवान नाम राख्नु पर्ने माग राख्दै आन्दोलन थालेका छन् ।

प्रदेशको नामाकरणको एक वर्ष पुगेको दिन बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले राजधानीलगायत प्रदेश १ का १४ वटै जिल्लाहरुमा विरोध प्रदर्शनसहित कालो दिन मनाएको हो । झापाको विर्तामोड, मोरङको पथरी, सुनसरीको धरान, उदयपुरको गाइघाट, धनकुटाको धनकुटा, तेह्रथुमको म्याङलुङ, इलामको इलाम, पाँचथरको फिदिम, ताप्लेजुङको मुक्कुमलुङ, सोलु, ओखढुंगा, भोजपुर र खोटाङका आन्दोलनकारीहरुले कालो पट्टी बाँधेर कालो झण्डासहित र्याली प्रदर्शन गर्दै अध्यारो दिन मनाएका छन् ।

यस्तै काठमाडौंको तीनकुनेमा पहिचान पक्षधरहरु भेला भएर कोशी नाम खारेज गर्नुपर्ने मागसहित प्रदर्शन र नाराजुलुश गरेका हुन् । कार्यक्रममा पहिचानवादी बौद्धिक व्यक्तित्व, राजनीति कर्मी र संघसंस्थाका प्रमुखहरुले सम्बोधन गरेका थिए ।

(तस्वीरहरू विभिन्न समाजिक संजालहरूबाट)

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...