इलाममा फागुन २४ देखि २५औं राष्ट्रिय चुम्लुङ हुँदै: याक्थुङ सांस्कृतिक महाेत्सव पनि हुने

,   लिम्बुवान न्युज
                       


ललितपुर, २२ फागुन । किरात याक्थुङ् चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङ इलाममा यही फागुन २४ र २५ गते आयोजना हुने भएको छ । चुम्लुङको २५ औं राष्ट्रिय चुम्लुङको अवसरमा आदिवासी याक्थुङ/लिम्बू साँस्कृतिक महोत्सव हुने भएको छ । उक्त महोत्सवमा दुई सय बढी च्याब्रुङ (के) हरुको समेत प्रदर्शन गरिने जानकारी दिएको छ ।
इलाम सदरमुकाममा सोमबार कियाचुले पत्रकार सम्मेलन गरीे २५औं राष्ट्रिय चुम्लुङ र महोत्सव को तयारी पूरा भएको जनाएको छ । राष्ट्रिय चुम्लुङमा विविध विषयमा छलफल हुने चुलुङकी संघीय महासचिव निरन्ती तुम्बापोले जानकारी दिइन् । लिम्बुवानका ९ जिल्ला, उपत्याकाका ३ तीन र चितवन जिल्ला गरी १३ जिल्लाका सयौं प्रतिनिधी राष्ट्रिय चुम्लुङमा सहभागी हुने उनले जानकारी दिइन् ।
यसैगरी प्रदेश नं. १ को “लिम्बुवान प्रदेश कार्य समिति” र “नेवा–ताम्सालिङ प्रदेश कार्य समिति”, थप ६ वटा विषयगत संगठनका प्रतिनिधिहरु, विदेश स्थित चुम्लुङका प्रतिनिधिहरु, सम्बन्धन प्राप्त लिम्बुजन्य तथा थरगत संस्थाका प्रतिनिधिहरु, व्यवस्थापक जिल्ला कार्य समितिका पदाधिकारी सदस्यहरु र अन्य सहभागी गरी २३० जना भन्दा बढी छलफलमा सहभागी हुने उनले जानकारी दिइन् ।
राष्ट्रिय चुम्लुङमा विभिन्न समसामयिक विषयमा छलफल हुने चुम्लुङका संघीय उपाध्यक्ष डा. कमल तिगेलाले जानकारी दिए । छलफलका प्रदेश १ को नाम कोशी नाम खारेजी तथा‘‘लिम्बुवान, किरात’’ नामाङ्करणको अवस्था र भावी रणनीतिका बारेमा छलफल हुनेछ । यसैगरी साँगठानिक तथा प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गर्दै यो राष्ट्रिय चुम्लुङले एक वर्षे नीति तथा कार्यक्रम तय गर्नेछ । यसका साथै मुक्कुमलुङ संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ÷लिम्बु भाषा विकासको योजना, इलाममा विजयबहादुर लिम्बुलगायतका सहिदहरुको लिम्बुवानका लागि बलिदानताको चर्चा र लिम्बु याक्थुङ भाषा अभियन्ता आसाहाङ मादेनको योगदानको चर्चा लगायतका विषयहरुमा छलफल भई समसामयिक प्रस्ताव सहित पारित हुने उपाध्यक्ष तिगेलाले जानकारी दिए ।
यस्तै याक्थुङ महोत्सवमा इलामका १० वटै पालिका एवम् छिमेकी जिल्ला पाँचथर र झापाबाट च्याब्रुङसहित कलाकार उपस्थित हुने इलाम कियाचु अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।
महोत्सवमा साँस्कृतिक झाँकीसहित आदिवासी याक्थुङ÷लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायतको प्रस्तुतिसहित साँस्कृतिक पोषाक प्रदर्शनी तथा लिम्बू परिकारको स्वाद चखाउने अध्यक्ष सोङ्मीले जानकारी दिइन् । पाहुनाहरुलाई लिम्बुहरुको टिपिकल संस्कृति झल्कने तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनको स्वाद चखाइने उनले बताइन् ।
आदिवासी याक्थुङ÷लिम्बू समुदायको संस्कृति संरक्षण, प्रवर्द्धन, विकास एवम् नयाँ पुस्तामा पुस्तान्तरण गर्ने उद्देश्यले इलाम चोक बजारमा महोत्सव आयोजना गरिएको सोङ्मीको भनाई छ ।
किरात याक्थुङ चुम्लुङ २०४६ साल भदौ १७ गते स्थापना भएको आदिवासी याक्थुङ÷लिम्बु समुदायको प्रतिनिधिमूलक साझा संस्था हो । चुम्लुङले आदिवासी याक्थुङ÷लिम्बु समुदायको साँस्कृतिक, भाषिक, सामाजिक, शैक्षिकलगायतको क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;