दिल प्रसाद नेम्बाङले नागरिक उन्मुक्ति पार्टीको इलाम जिल्ला हाक्ने

 लिम्बुवान न्युज
                       


दमक, २४ फागुन । नागरिक उन्मुक्ति पार्टी इलाम जिल्ला तदर्ज समिति गठन भएको छ । पार्टीका केन्द्रीय उपाध्यक्ष इन्दीरा मेन्याङबोको प्रमुख आतिथ्यतामा बुधबार इलामस्थित चुलाचुली आइतबारेमा सम्पन्न भेलाले २१ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

लिम्बुवान आन्दोलनमा १७ बर्ष अनवरत लागेर इलाम जिल्लाको लामो समय लिम्बुवानको अध्यक्ष समेत भएका नेम्बाङ केही बर्ष देखि पार्टीमा असन्तुष्ट रहेका थिए । उनले उन्मुक्तिको इलाम जिल्लाको कमाण्ड सम्हालेसँगै उन्मुक्तिले पार्टी जिल्लाहरुमा तिब्र रुपपले संगठनविस्तारलाई तिब्रता दिने प्रदेश १ समितिले जनाएको छ ।

नेम्बाङकाे अध्यक्षतामा बनेको तदर्थ समितिको उपाध्यक्षहरुमा खड्गबहादुर लिम्बु, रामचन्द लिम्बु (आषिस), सचिवमा सञ्जित पंधाक, सहसचिवमा सन्तबहादुर लेप्चा र कोषाध्यक्षमा पुर्णिमा सुब्बा लगायत २१ सदस्यीय तदर्थ समिति गठन भएको जनाइएको छ ।

कार्यक्रममा पार्टीका सचिव चन्द्रकुमार चौधरीको विशिष्ट आतिथ्यता रहेको थियो भने केन्द्रीय सदस्यहरु बलराम खवास, रञ्जन सुब्बा, प्रदेश अध्यक्ष धनबहादुर पन्धाक, लिम्बुवान प्रान्तीय समितिका कोषाध्यक्ष सुखबहादुर सोदेम्बा लगायत नेताहरुको कार्यक्रममा बालेका थिए ।

लिम्बुवानका पूर्व महासचिव तथा लिम्बुवान भोलेन्टियर्सका पूर्व केन्द्रीय कमाण्डर पहिचानवादी युवा नेता फक्ताङलुङ योङहाङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संचालन प्रदेश १ का सचिव पदम चेन्जी मावोले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य शरण जवेगुले स्वागत मन्तव्य राखेका थिए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...