लाजेहाङको परिवारलाई ५ लाख दिने प्रदेश सरकारकाे निर्णय

 लिम्बुवान न्युज
                       

दमक, २४ फागुन । १ नं. प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम कुमार लिम्बू (लाजेहाङ)को परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका उनका परिवारलाई रकम दिने निर्णय गरेको हो ।

त्यस्तै,सरकारले प्रदेश १ को पहिचान आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समितिसमेत गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिले विभिन्न चरणमा भएको पहिचान आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।

गत बर्ष चैत्र ५ गतेको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सघर्ष समितिको आव्हानमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको उपचारको क्रममा निधन भएको थियो ।

यसैगरी प्रदेश सरकारले मोरङको उल्लाबारीमा भएको आगलागीको क्रममा झापा र मोरङमा भएको उपचारको खर्च बेहोर्ने निर्णय भएको समेत मन्त्री राईले बताए ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...