लाजेहाङको परिवारलाई ५ लाख दिने प्रदेश सरकारकाे निर्णय

 लिम्बुवान न्युज
                       

दमक, २४ फागुन । १ नं. प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा घाइते भएका पदम कुमार लिम्बू (लाजेहाङ)को परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भई उपचारका क्रममा मृत्यु भएका उनका परिवारलाई रकम दिने निर्णय गरेको हो ।

त्यस्तै,सरकारले प्रदेश १ को पहिचान आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समितिसमेत गठन गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

समितिले विभिन्न चरणमा भएको पहिचान आन्दोलनका घाइतेको पहिचान गरेपछि उपचार लगायतको विषयमा प्रक्रिया अघि बढ्ने प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जानकारी दिए ।

गत बर्ष चैत्र ५ गतेको प्रदेश नं. १ पुनः नामाङकन संयुक्त सघर्ष समितिको आव्हानमा विराटनगरमा भएको बृहत जनप्रदर्शनको क्रममा घाइते भएका लाजेहाङको उपचारको क्रममा निधन भएको थियो ।

यसैगरी प्रदेश सरकारले मोरङको उल्लाबारीमा भएको आगलागीको क्रममा झापा र मोरङमा भएको उपचारको खर्च बेहोर्ने निर्णय भएको समेत मन्त्री राईले बताए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...