इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

 लिम्बुवान न्युज
                       

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् ।
संघर्ष समितिले बिहीबार काठमाडौंस्थित रिपोर्टस क्लबको सभाहलमा पत्रकार सम्मेलन गर्दै साझा उम्मेदवारका रुपमा लिम्बुलाई अगाडि सार्ने उद्दघोष गरेका हुन् ।
संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ सहितका विभिन्न पहिचानवादी राजनैतिक दलहरु सहित ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिमसँग ३० बर्ष शिक्षण गरेको अनुभव छ । उनी किरात धर्म तथा साहित्य उत्थान संघमा लामो समयदेखि अध्यक्ष रहेका छन् । हाल यस संघर्ष समितिका अध्यक्ष पनि हुन् ।
पहिचान पक्षधरहरुले ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।े प्रदेश १ को नाम कोशी राखेसँगै आन्दोलनरत संघर्ष समितिले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा उम्मेदवारी दिएको हो । आफ्नो उम्मेदवारी पहिचान स्थापना गर्न सबै पक्षसँग समन्वय सहकार्य गर्ने रहेको थेगिमले उक्त पत्रकार सम्मेलनमा बताए । उनले आन्दोलनको रुपमा संघर्ष समितिले स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई अघि सारेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्ते, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले स्वतन्त्र उम्मेदवारका रुपमा पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिम लिम्बूलाई अगाडि बढाईएको बताए ।
उनीहरूले पहिचानको आन्दोलन जारी रहेको भन्दै प्रदेश सरकारसँग वार्ताको क्रममा भएका सम्झौताहरु निर्वाचन अगावै कार्यान्वयन गर्नुपर्ने । लामो समय देखि इलाम कारागारमा रहेका आषिश साम्झा लिम्बुलाई तत्काल रिहाई गर्नु पर्ने लगायतका मागहरु समेत सरेका छन् । इलाम २ मा हुन गइरहेको उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समेत वक्ताहरुले बताएका थिए ।
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ । गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...