इलाम २ मा डकेन्द्रसिंह थेगीम लिम्बु पहिचान पक्षधरहरुको साझा उम्मेदवार घोषणा

,   लिम्बुवान न्युज
                       

ललितपुर, चैत्र ३ । ‘कोशी’ नाम विरुद्व आन्दोलनरत प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिले पहिचान पक्षधरहरुको आसन्न इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा उपनिर्वाचनमा साझा उम्मेदवार घोषणा गरेका छन् ।
संघर्ष समितिले बिहीबार काठमाडौंस्थित रिपोर्टस क्लबको सभाहलमा पत्रकार सम्मेलन गर्दै साझा उम्मेदवारका रुपमा लिम्बुलाई अगाडि सार्ने उद्दघोष गरेका हुन् ।
संघर्ष समितिमा नेपाल आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ सहितका विभिन्न पहिचानवादी राजनैतिक दलहरु सहित ४१ वटा घटक सहभागी छन् । उनीहरुले साझा उम्मेदवारका रुपमा अगाडि सारेका थेगिमसँग ३० बर्ष शिक्षण गरेको अनुभव छ । उनी किरात धर्म तथा साहित्य उत्थान संघमा लामो समयदेखि अध्यक्ष रहेका छन् । हाल यस संघर्ष समितिका अध्यक्ष पनि हुन् ।
पहिचान पक्षधरहरुले ‘उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।े प्रदेश १ को नाम कोशी राखेसँगै आन्दोलनरत संघर्ष समितिले पहिचानलाई नामेट पार्न कोसिस गरिएको भन्दै त्यसका विरुद्ध पहिचानको पक्षमा उम्मेदवारी दिएको हो । आफ्नो उम्मेदवारी पहिचान स्थापना गर्न सबै पक्षसँग समन्वय सहकार्य गर्ने रहेको थेगिमले उक्त पत्रकार सम्मेलनमा बताए । उनले आन्दोलनको रुपमा संघर्ष समितिले स्वतन्त्र उम्मेदवारको रुपमा आफूलाई अघि सारेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्ते, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले स्वतन्त्र उम्मेदवारका रुपमा पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिम लिम्बूलाई अगाडि बढाईएको बताए ।
उनीहरूले पहिचानको आन्दोलन जारी रहेको भन्दै प्रदेश सरकारसँग वार्ताको क्रममा भएका सम्झौताहरु निर्वाचन अगावै कार्यान्वयन गर्नुपर्ने । लामो समय देखि इलाम कारागारमा रहेका आषिश साम्झा लिम्बुलाई तत्काल रिहाई गर्नु पर्ने लगायतका मागहरु समेत सरेका छन् । इलाम २ मा हुन गइरहेको उपनिर्वाचनलाई आफूहरूले प्रयोगका रुपमा लिएको समेत वक्ताहरुले बताएका थिए ।
इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक गरिसकेको छ । गत निर्वाचनमा निर्वाचित नेकपा एमालेका तर्फबाट चुनाव जितेका उम्मेदवार सुवाषचन्द्र नेम्वाङको निधन भएपछि रिक्त इलाम २ मा उपनिर्वाचन हुन लागेको हो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;