इलाम २ मा पत्रकार मिलन लिम्बुको स्वतन्त्र उम्मेदारी घोषणा

 लिम्बुवान न्युज
                       


दमक, ४ चैत्र । नेपाल आदिवासी जनजाती पत्रकार महासंघका केन्द्रीय महासचिव मिलन लिम्बूले इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार काठमाडौं अनामनगरस्थित युनियन हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न लागेको घोषणा गरेका हुन् ।

संविधानसभाका पूर्व अध्यक्ष सुबास नेम्वाङको निधनपछि इलाम २ को प्रतिनिधिसभा सिट रिक्त रहेको छ । निर्वाचन आयोगले इलाम २ मा १५ वैशाखमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

‘पार्टी होइन स्वतन्त्र, भ्रष्ट होइन इमान्दार !’ भन्ने नारासहित ‘सामाजिक न्याय, सुशासन, विकास र पहिचान’लाई आफ्नो अभियान बनाउँदै इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिन लागेको उनले बताए ।

स्वतन्त्र लिम्बुले व्यवस्था परिवर्तन भए पनि राजनीतिक दलहरुको गैरजिम्मेवारीपनले गर्दा नागरिकको अवस्था परिवर्तन नभएको लिम्बुले बताए । उनले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘राजनीतिक दलहरुले नेपाली नागरिकसामू गरेका बाचाहरुलाई पूरा गर्नु त कहाँ हो कहाँ उनीहरु आफैलाई सर्वोपरी ठान्दै सत्ता लिप्सामा लिन हुन पुगे ।’ राजनीतिक दलहरुको सिण्डिकेट तोड्न र जनताको मतको सम्मानका लागि इलामेली नागरिकले आफूलाई उम्मेदवारी दिन प्रेरित भएको उनको भनाइ थियो ।

दलहरुले जनमत र विश्वासलाई विकास तथा समृद्धिमा लगाउनुको साटो भ्रष्टाचारमा एकपछि अर्को काण्डमा लागेको उनको आरोप छ । लिम्बू झण्डै डेढ दशकदेखि विभिन्न राष्ट्रिय मिडिया र मोफसलको पत्रकारिता साथै आदिवासी जनजाति पत्रकार महासंघ लगायत पत्रकारजन्य संघ संस्थामा आबद्ध तथा इलामको सामाजिक सेवामा सक्रिय छन् ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...