महागुरु फल्गुनन्दको समाधिमा शालिक नराख्न संघको अनुरोध

,   लिम्बुवान न्युज
                       


दमक, १० चैत्र । पाँचथर जिल्लाको फाल्गुनन्द गाउँपालिकास्थित वडा नं. २ र ३ तथा फिदिम नपा वडा नं. ३ को संगम स्थल सिलौटीमा राष्ट्रिय विभूती महागुरु फाल्गुनन्दको शालिक नराख्न सो क्षेत्र संरक्षण गर्दै आएका किराती समूदायले माग गरेका छन् ।
यस अघि पटक पटक विवाद भई पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीको संयोजकत्वमा बनेको समितिको निर्णयलाई कदर गर्न उच्च अदालत विराटनगरले समेत परमादेश जारी गरेको अवस्थामा पनि किराँती समूदायका गुरु आत्मानन्द पक्षले निर्णय र सहमति विपरित निर्माण कार्य गर्दै आएकोमा सो कार्य रोकी कानुनी राज्यमा सोही बमोजिम काम गर्न फाल्गुनन्द गुरुको अर्को पक्ष किरात धर्म सत्यहाङमा सेवा संघले आग्रह गरेको छ ।


झापाको दमकमा आज पत्रकार सम्मेलन गर्दै संघका केन्द्रिय अध्यक्ष ज्ञानबहादुर लावातीले किरात धर्मका आस्था महागुरु फाल्गुनन्दको समाधिस्थल सबैले सुरक्षित गर्नुपर्ने बताउनु भयो । संघका सचिव बहादुर सिंह नेम्बाङले प्रेसविज्ञप्ति वाचन गर्दै अदालतबाट आएको आदेश, जिल्ला प्रशासन र सरोकारवालाबीच भएको सहमतिलाई समेत कार्यान्वयन नहुँदा महागुरुको ऐतिहासिक महत्व राख्ने समाधी स्थल अतिक्रमणमा परेको बताउनु भयो ।
नेम्बाङका अनुसार आत्मानन्द गुरु र इलामको चुलाचुली गाउँपालिका वडा नं. १ मा केन्द्रिय कार्यालय रहेको संघबीच केही भिन्नताका कारण पनि सो कुरा बुझाबुझ नभएको बताउनु भयो । झण्डा र मन्त्रोच्चारणमा समेत केही फरक रहेकाले आफूहरुले इतिहास देखि नै महागुरु फल्गुनन्दको विचार र सन्देशलाई सही तरिकाले आत्मासाथ गर्दै आएको बताउनु भयो ।
यता आत्मानन्द गुरुसँग समिपमा रहेर किरात धर्म तथा साहित्य उत्थान संघमा लामो समय देखि जिम्मेवार पदमा कार्य गर्दै आउनु भएका डकेन्द्र सिंह थेगिमका अनुसार महागुरुको समाधिस्थलमै शालिक स्थापना नगरी त्यसको वरिपरि मात्र निर्माण थालिएको बताउनु भयो । उहाँका अनुसार कुरा बुझाबुझ हुन नसक्दा विवाद आएको हो र त्यो दुःखद कुरा भएको बताउनु भयो । अव आगामी दिनमा कसरी शालिक स्थापना गर्दा सिंगो किराँतीहरुको इतिहासलाई सकारात्मक तरिकाले अगाडि बढाउँन सकिन्छ भन्ने विषयमा उहाँहरु पनि महागुरुकै चेलाभुला भएकाले सहमतिमा काम गर्नु पर्ने अवस्था सृजना गर्ने उहाँले बताउनु भयो ।
महागुरुको प्रार्थना र मुन्धुम पाठ गरी थालिएको पत्रकार सम्मेलनमा आत्मानन्द गुरुले थालेका झण्डा, मुन्धुम पाठको उच्चारणमा फरक रहेकाले आफूहरुले सो विषयलाई वास्तविकताको खोज गर्न समेत फरक धारमा उभिएर महागुरुकै मार्गमा लागेको बताएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;