पहिचान आन्दोलनका प्रथम शहीद पदमकुमार लिम्बुको शहादत्ताको चर्चाः समाधिस्थल लगायत विभिन्न स्थानमा स्मृतिसभा सम्पन्न

,   लिम्बुवान न्युज
                       


दमक, १० चैत्र । प्रदेश नं. १ को नामाङकन कोशी राखेसँगै उठेको पहिचानवादी आन्दोलनको प्रथम सहिद पदमकुमार लिम्बू (लाजेहाङ) शहादत्त भएको आज एक बर्ष पुरा भएको छ । शहीद लाजेहाङको साहदतको चर्चा गर्दै शनिबार मोरङको बेलबारी—३ मा रहेको समाधि स्थलमा स्मृतिसभा सम्पन्न भएको छ ।
लाजेहाङको समाधि छेउमा तस्वीर राखेर लिम्बुवान भोलेन्टियर्सको टोलीले सलामी अर्पण गरेका थिए । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेता तथा भोलेन्टियर्स इन्चार्ज थाङहाङ लावतीको नेतृत्वमा कमाण्डर राजु फागो चोङ्बाङ्गले कालो पोषाक लगाएर युवा टोलीबाट प्रथम सहिद लाजेहाङलाई सलामी चढाएका थिए ।


परिसरमा वृक्ष रोपनपछि सहिद लाजेहाङको समाधिमा उपस्थित पहिचानवादी नेताहरुले फुल, माला, खादा तथा मट्टी अर्पण गरेका थिए । समाधि नजिकै सलामी लगायतका कार्यक्रमपछि सहादत भएको बर्ष दिन पुगेको अवसरमा स्मृति सभा भएको थियो ।
छोराको समाधि र तस्वीरमा युवाहरुले सालमी चढाइरहदा सहिदकी आमा धनमाया लिम्बू, छोरा विस्वहाङ लिम्बू, बहिनीहरु पबित्रा, साबित्रा लिम्बू उपस्थित रहेका थिए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अझै खुट्टा ठीक नभइसकेका घाइते गजेन्द्र फागो लगायतका घाइतेहरु कार्यक्रममा उपस्थित थिए ।
स्मृति सभामा किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलकप्रसाद राई, किरात याक्थुङ चुम्लुङ महासचिव निरन्ति तुम्बापो, जसपाको केन्द्रीय नेता खगेन्द्र माखिम, राष्ट्रिय जनमुक्ति पार्टीका उपमहासचिव बिष्णु थाम्देन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपमहासचिव दिलु लिङ्देन लगायतले पहिचान आन्दोलनमा लाजेहाङको योगदान बारे विचार राखेका थिए । बक्ताहरुले कोशी खारेजी नभए हजारौ, हजार युवाहरु बलिदान दिन तयार रहेको बताएका थिए ।


प्रदेश नं. १ पुन नामाङकन संयुक्त संघर्ष समितिका मोरङ जिल्ला सहसंयोजक डम्बर कुरुम्बाङको सभापतित्वमा भएको कार्यक्रममा किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, जसपा समबद्ध लिम्बुवान राष्ट्रिय समितिका महासचिव केदार धिमाल लगायतका नेताहरु उपस्थिति रहेको कार्यक्रममा सर्जकहरुले रचना वाचन गरेका थिए ।
संघर्ष समितिका सचिव जयराज संयोग लिम्बूबाट सञ्चालन भएको कार्यक्रममा झापा र सुनसरीबाट समेत सहभागी भएका थिए । कार्यक्रममा स्वागत मन्तव्य किरात राई यायोक्खा जिल्ला उपाध्यक्ष सीता राईले गरेका थिए ।


यसैगरी प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको घटक पहिचानको लागि युवा इलाम जिल्ला घोषणासँगै शहीद लाजेहाङ्को स्मृतिमा इलाममा स्मृति सभा सम्पन्न भएको छ । ५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता गठन कार्यक्रमसँगै शहीदको सम्मानमा कार्यक्रम भएको उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिम लिम्बु लगायत शिर्ष नेतृत्वहरुको सहभागिता रहेको थियो ।
यसैगरी साँझ इलाम चोक, दमक चोक, धरान चोक, इटहरी लगायत मुख्य शहरहरुमा समेत शहीद लाजेहाङको स्मृतिमा दिप प्रज्वलन गरिएको संघर्ष समितिले जनाएको छ ।


२०७९ फागुन १७ गते हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारको योजनामा एकै दिनमा कोशी नाख राखिएपछि सोही दिनबाट आन्दोलन सुरु भएको थियो ।
चैत्र ५ गते विराटनगरमा भएका बृहत प्र्रदर्शनीमा प्रहरीसँगको झडपमा ४२ बर्षिय पदमकुमार लिम्बू (लाजेहाङ)को उपचारको क्रममा चैत्र १० गते मृत्यु भएको थियो । आन्दोलन चर्किन्दै जाँदा प्रचण्ड नेतृत्वको संघीय सरकारले लाजेहाङलाई सहिद घोषणा गरिसकेको छ ।
समितिले कोशी नाममा हस्ताक्षर गर्ने ८२ प्रदेश सभा सदस्यहरु त्यसैगरी केपी ओली, योगेश भट्टराई, महेश बस्नेतले आन्दोलनकारी र समुदायलाई गाली गरेको भन्दै उनीहरु सहभागी कार्यक्रममा समेत कालो झण्डा प्रदर्शन गर्दै आएका छन् ।


कोशी नाम मेटाउने, हटाउने, छाप तथा लेटर प्याट हटाउनुको साथै मुख्यमन्त्री हिक्मत कार्की, उद्धप थापालाई ओखलढुङ्गा, केदार कार्कीलाई झापाको दमकमा आन्दोलनकारीले आक्रमण गरेका थिए । कोशी नाम राखेर गद्धारी गरेको भन्दै पुनः नामाङकन गर्न दवाव दिदैं प्रदेश मन्त्री तथा सांसदहरुलाई कालो झण्डा प्रदर्शन तथा मोसो दल्नेसम्म प्रयासहुँदै आएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;