दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।

दमक, २८ चैत्र । आगामी बैशाक १५ गते इलाम निर्वाचन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि पहिचान पक्षधरका साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’ पाएका छन ।
मंगलबार निर्वाचन आयोगको कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण गरिएको उपनिर्वाचन मुख्य कार्यालय इलामका प्रमुख केशवप्रसाद घिमिरेले बताए ।
कार्यतालिका अनुसार चैत २८ देखि वैशाख १२ सम्म प्रचारप्रसारका लागि समय तोकिएको छ भने वैशाख १५ बिहान सातदेखि साँझ पाँच बजेसम्म मतदानको लागि समय तोकिएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चुनाब चिन्ह हातले बुनेको ‘मुढा’
प्रदेश १ पुनः नामाङकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थनमा चुनावी मैदानमा उत्रेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई अन्य राजनैतिक दलहरुले समति समर्थन गरेका छन् ।
थेगिमलाई जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, संयुक्त नागरिक पार्टी लगायत पार्टीहरुले समर्थन गरेका छन् । त्यसैगरी धरान उपमहानगरका मेयर हर्क साङ्पाङ् र काठमाडौंका मेयर बालेन शाह लगायत स्वतन्त्रबाट विजयी मेयरहरुले समेत स्वतन्त्र उम्मेदवार थेगिमलाई समर्थन गरेका छन् ।
उपनिर्वाचनका लागि २० उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । बाह्र दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।
नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि रिक्त भएको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...