दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु एक हौं भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यमा सो अन्तरक्रिया कार्यक्रम तथा पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको हो ।

याक्थुङ युवा मञ्च झापाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम येक्तेनले सम्बोधन गरेको कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका अध्यक्ष सेसेहाङ फियाकले पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषायका कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा याक्थुङ मुन्चइत चोक सयङका महासचिव, रंगकर्मी तथा पहिचानवादी व्यक्तित्व विक्रम फागो वनेम, याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङगो, कवि जितेन पन्धाक, पहिचानबादी युवा नेता मिलन रुम्दाली, राजनीतिकर्मी बिरेक्षन्द्र याक्थुङ्बा लगयतले शुभकामना मन्तव्य राखेका थिए ।

कवि प्रकाश लाबुङ र कवियत्री विनिता नेम्बाङले कविता वाचन गरेको कार्यक्रममा गायक दिलिप माखिमले साँगितिक प्रस्तुति दिएका थिए ।

चुम्लुङका संघीय अध्यक्ष येक्तेनले च्याब्रुङ वजाएर समुद्घाटन गरेको कार्यक्रममा वक्ताहरुले बैशाक १५ गते हुने इलाम २ को उपनिर्वाचनमा पहिचान पक्षधरको साझा स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमलाई मत दिएर विजयी गराउनुपर्ने बताएका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...