धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

 लिम्बुवान न्युज
                       

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ ।
चुनावी सभाको प्रमुख अतिथि रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उपनिर्वाचनमा इलाम जाग्नुपर्ने भन्दै मुढामा भोट लगाएर डकेन्द्रसिंह थेगिमलाई अत्याधिक मतले जिताउन पुन आव्हान गरेका छन् ।
बिगतका निर्वाचनमा दिएको भोटले उपलब्धि नभएको कारण विचार पु¥याएर मत परिवर्तन गर्नुपर्ने नगरप्रमुख साम्पाङले बताएका छन् । उपनिर्वाचनमा उठेका उमेद्वार मध्ये शैक्षिक, सामाजिक र परिपक्क उमेद्वार डकेन्द्रसिंह थेगिम भएकोले आफू सघाउन आइरहेको बताए ।
निर्वाचन अघि र पछि इलामको बिभिन्न स्थान हिड्ने क्रममा धुलाम्य सडक, चिसोपानी बजारमै मोबाइल टावर कमजोर रहेको पाइएको उनले बताए । इलामे जनता सचेत छ भन्ने देखाउनको लागि मुढाको उमेद्वार डकेन्द्रसिंह थेगिमले अत्याधिक मतले जित्नुपर्ने मेयर साम्पाङले बताए । भोट किनबेच गर्न नहुने कसैले पैसा दिए लिएर भोट चै मुढामै लगाउन साम्पाङको आग्रह थियो ।


सबै भाषा, संस्कृति, मुल्य, मान्यता र समुदाय मिलेर देश नेपाल बन्ने भएकोले एकले अर्काको सम्मानको वातावरण निर्माण गर्नुपर्ने बताए ।
सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, मधुमल्ला आसेटारहुँदै दशमी बजारसम्मको सडक निर्माणमा ध्यान दिने बताएका छन् ।
सबै प्रकारको घुसखोरी, भ्रष्ट्राचार विरुद्ध खुलेर लाग्ने, शिक्षा, स्वास्थ्य जनताको पौज पु¥याउने गरी लाग्ने बताए ।
थेगिमले उत्पीडित, अल्पसंख्याक समुदायको लागि विशेष क्षेत्र, स्वायत्त क्षेत्र कानुन निर्माण गरेर छुट्याउन पहल गर्ने बताएका छन् ।
प्रदेशहरुको नाम पहिचानको आधारमा पुनः नामङ्कन गर्न माहोल खडा गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा डा।महेन्द्र लावती, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राई, महासचिव भीमकुमार राई, उपमहासचिव कृष्णकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य दीपा लक्सम लगायतले मुढामा भोट मागेका छन् ।
कार्यक्रममा गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, तिर्सना नेम्बाङ, राजेन्द्र केरुङले गीत प्रस्तुत गरेर उपस्थित श्रोता, दर्शकलाई मनोरञ्जन दिएका थिए ।
स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा (गुरु आश्राम) नजिक र चिसोपानी पञ्चमी बजार लगायतमा चुनावी सभाहरु भएको छ । सभाहरुमा सुहाङ नेम्वाङ र डम्बर खतिवडाको कार्यक्रमभन्दा बढीनै जनसहभागिता हुने गरेको छ ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...