धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

 लिम्बुवान न्युज
                       

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ ।
चुनावी सभाको प्रमुख अतिथि रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले उपनिर्वाचनमा इलाम जाग्नुपर्ने भन्दै मुढामा भोट लगाएर डकेन्द्रसिंह थेगिमलाई अत्याधिक मतले जिताउन पुन आव्हान गरेका छन् ।
बिगतका निर्वाचनमा दिएको भोटले उपलब्धि नभएको कारण विचार पु¥याएर मत परिवर्तन गर्नुपर्ने नगरप्रमुख साम्पाङले बताएका छन् । उपनिर्वाचनमा उठेका उमेद्वार मध्ये शैक्षिक, सामाजिक र परिपक्क उमेद्वार डकेन्द्रसिंह थेगिम भएकोले आफू सघाउन आइरहेको बताए ।
निर्वाचन अघि र पछि इलामको बिभिन्न स्थान हिड्ने क्रममा धुलाम्य सडक, चिसोपानी बजारमै मोबाइल टावर कमजोर रहेको पाइएको उनले बताए । इलामे जनता सचेत छ भन्ने देखाउनको लागि मुढाको उमेद्वार डकेन्द्रसिंह थेगिमले अत्याधिक मतले जित्नुपर्ने मेयर साम्पाङले बताए । भोट किनबेच गर्न नहुने कसैले पैसा दिए लिएर भोट चै मुढामै लगाउन साम्पाङको आग्रह थियो ।


सबै भाषा, संस्कृति, मुल्य, मान्यता र समुदाय मिलेर देश नेपाल बन्ने भएकोले एकले अर्काको सम्मानको वातावरण निर्माण गर्नुपर्ने बताए ।
सभालाई सम्बोधन गर्दै साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूले दमक, चिसोपानी पञ्चमी, रबि सडक खण्डको नाम फाल्गुनन्द मार्ग बनाउन पहल गर्ने, मधुमल्ला आसेटारहुँदै दशमी बजारसम्मको सडक निर्माणमा ध्यान दिने बताएका छन् ।
सबै प्रकारको घुसखोरी, भ्रष्ट्राचार विरुद्ध खुलेर लाग्ने, शिक्षा, स्वास्थ्य जनताको पौज पु¥याउने गरी लाग्ने बताए ।
थेगिमले उत्पीडित, अल्पसंख्याक समुदायको लागि विशेष क्षेत्र, स्वायत्त क्षेत्र कानुन निर्माण गरेर छुट्याउन पहल गर्ने बताएका छन् ।
प्रदेशहरुको नाम पहिचानको आधारमा पुनः नामङ्कन गर्न माहोल खडा गर्ने लगायतको प्रतिबद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा डा।महेन्द्र लावती, किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष राकेश राई, महासचिव भीमकुमार राई, उपमहासचिव कृष्णकुमार राई, किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य दीपा लक्सम लगायतले मुढामा भोट मागेका छन् ।
कार्यक्रममा गायक कलाकारहरु एकदेब लिम्बू, सुनिता थेगिम, तिर्सना नेम्बाङ, राजेन्द्र केरुङले गीत प्रस्तुत गरेर उपस्थित श्रोता, दर्शकलाई मनोरञ्जन दिएका थिए ।
स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले हालसम्म इलाम बजार, नवमी, मंगलबारे, फाकफोकथुम, महमाइ, माङ्सेबुङको भालुटार, लारुम्बा (गुरु आश्राम) नजिक र चिसोपानी पञ्चमी बजार लगायतमा चुनावी सभाहरु भएको छ । सभाहरुमा सुहाङ नेम्वाङ र डम्बर खतिवडाको कार्यक्रमभन्दा बढीनै जनसहभागिता हुने गरेको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;