उभौली र यक्वा तङ्नाममा प्रदेशमन्त्री र सदस्यहरु आए अवरोध हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ जेठ । प्रदेश १ मा बसेबास गर्ने किरात राई, लिम्बू (याक्थुङ्), सुनुवार, याक्खा लगायत किराती समुदायको विहीबार वैशाख शूल्क पूर्णिमादेखि साकेला उभौली चार्ड सुरु भएको छ ।

यो बर्ष पनि किरातीहरुले यो पर्वलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गर्दै कोशी नाम राख्ने ८२ जना प्रदेश मन्त्री तथा प्रदेश सदस्यहरुले पूर्वका राई, लिम्बूलाई समुदायगत रुपमा आतंककारी भनेर साम्प्रदायिक गाली गर्ने अन्य ३ जना गरी ८५ जनालाई राईको साकेला र लिम्बूको याक्वा तङ्नाममा कुनै पनि अतिथि नबोलाउन प्रदेश, जिल्ला, स्थानीय तह (पालिका) र वडा समितिहरुलाई निर्देशनसहितको सर्कुलर सम्बन्धित संगठनहरुले गरिसकेको छ ।

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको हस्ताक्षरसहितको पत्रमा कोशी नाम खारेजीको आन्दोलन चलिरहेकोले प्रदेश मन्त्री र सांसदलाई कार्यक्रममा नबोलाउन सर्कुलर जारी गरिसकेको छ ।

त्यसैगरी बिहीबार विज्ञप्ति प्रकाशन गदै किरात याक्थुङ चुम्लुङ संघीय समितिका अध्यक्ष प्रेम एक्तेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोशी नाम विरुद्ध संघर्ष चलिरहकोले आन्दोलन सफल नभएसम्म प्रदेशका मन्त्री, प्रदेश सदस्य र नेपालमा साम्प्रदायिक भाड्काउन उद्धत ३ जनालाई कार्यक्रममा नबोलाउन विज्ञप्ति मार्फत सबैलाई जानकारी गराएका छन् ।

कोशी नाम खारेजी आन्दोलनको क्रममा अघिल्लो कार्यकालमा मुख्यमन्त्री हिक्मत कार्की र केदार कार्कीलाई छुट्टाछुट्टै मितिमा ओखलढुङ्गा, केदार कार्कीलाई झापा दमकमा आक्रमण भएको थियो । पहिचानको आन्दोलनरत समुदायलाई गालि गरेको भन्दै केपी ओलीलाई झापादेखि इलाम, पाँचथरदेखि तेह्रथुमसम्म, योगेश भट्टराईलाई ताप्लेजुङमा, महेश बस्नेतलाई झापा विर्तामोड र धनकुटामा आक्रमण भएको थियो ।

कोशी नाम खारेजी नभएकोले यो बर्ष (२०८१, यले सम्बत ५०८४)मा प्रदेश सांसद मन्त्रीलाई नबोलाउन र बोलाइएमा त्यहाँ हुनसक्ने दूव्र्यबहार र भौतिक क्षतिको जिम्मेवार सम्बन्धित स्वायमले लिनुपर्ने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो राईले बताए । कोशी नाम खारेजीको माग राखेको र खारेजीमा नलागेकोमा जनता आक्रोशित भएकोले जुनसुकै बेला ढुङ्गामुढा हुनसक्ने भएकोले कोशी नाम खारेजी नभएसम्म सोकलामा नबोलाउन र नजान सर्कुलर गरिएको यायोक्खाले जनाएको छ ।

यसैगरी चुम्लुङ अध्यक्ष येक्तेनले पनि प्रदेश १ का मन्त्री र प्रदेशसभा सदस्यहरु लगायत ३ एमाले नेताहरुलाई कुनै पनि औपचारिक कार्यक्रममा सरिक नगराउन अनुरोध गरेका छन् । कार्यक्रममा ढुंगामुढा भए, दुव्र्यबहार भए, क्षति भए सम्बन्धित स्वयम जिम्मेवार हुनुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...

एकदेव लिम्बू र नेहा कक्करको आवाजमा ‘झिम झिम’ हिन्दी गीत युट्युवकाे टेण्डिङ एकमा

ललितपुर, १५ असार । चर्चित युवा गायक एकदेव लिम्बू र चर्चित भारतीय गायिका नेहा कक्करको आवाजकाे गित ‘झिम झिम’ हिन्दी भर्सन गीतकाे भिडियाे युट्युबकाे टेण्डिङ एकमा पुगेकाे छ ।  शुक्रबार ‘झिम झिम’को हिन्दी रिमेक गित...

तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्नेः प्रदेश प्रमुख खापुङ

दमक, १५ असार । प्रदेश प्रमुख माननीय परशुराम खापुङज्यूले तेह्रथुम जिल्लामा जन्म लिएर विराटनगर बसोबास गरिरहनुभएका तथा पुख्र्यौली तेह्रथुम जिल्ला भएका विराटनगरबासीले तेह्रथुमको सर्वाङ्गिण विकासको लागि सोच्नुपर्ने बताउनुभएको छ । तेह्रथुम सरोकार समाज, विराटनगरको दोश्रो...