उभौली र यक्वा तङ्नाममा प्रदेशमन्त्री र सदस्यहरु आए अवरोध हुने

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ जेठ । प्रदेश १ मा बसेबास गर्ने किरात राई, लिम्बू (याक्थुङ्), सुनुवार, याक्खा लगायत किराती समुदायको विहीबार वैशाख शूल्क पूर्णिमादेखि साकेला उभौली चार्ड सुरु भएको छ ।

यो बर्ष पनि किरातीहरुले यो पर्वलाई आन्दोलनकै रुपमा मनाउने निर्णय गर्दै कोशी नाम राख्ने ८२ जना प्रदेश मन्त्री तथा प्रदेश सदस्यहरुले पूर्वका राई, लिम्बूलाई समुदायगत रुपमा आतंककारी भनेर साम्प्रदायिक गाली गर्ने अन्य ३ जना गरी ८५ जनालाई राईको साकेला र लिम्बूको याक्वा तङ्नाममा कुनै पनि अतिथि नबोलाउन प्रदेश, जिल्ला, स्थानीय तह (पालिका) र वडा समितिहरुलाई निर्देशनसहितको सर्कुलर सम्बन्धित संगठनहरुले गरिसकेको छ ।

किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईको हस्ताक्षरसहितको पत्रमा कोशी नाम खारेजीको आन्दोलन चलिरहेकोले प्रदेश मन्त्री र सांसदलाई कार्यक्रममा नबोलाउन सर्कुलर जारी गरिसकेको छ ।

त्यसैगरी बिहीबार विज्ञप्ति प्रकाशन गदै किरात याक्थुङ चुम्लुङ संघीय समितिका अध्यक्ष प्रेम एक्तेनद्वारा हस्ताक्षरित विज्ञप्तिमा कोशी नाम विरुद्ध संघर्ष चलिरहकोले आन्दोलन सफल नभएसम्म प्रदेशका मन्त्री, प्रदेश सदस्य र नेपालमा साम्प्रदायिक भाड्काउन उद्धत ३ जनालाई कार्यक्रममा नबोलाउन विज्ञप्ति मार्फत सबैलाई जानकारी गराएका छन् ।

कोशी नाम खारेजी आन्दोलनको क्रममा अघिल्लो कार्यकालमा मुख्यमन्त्री हिक्मत कार्की र केदार कार्कीलाई छुट्टाछुट्टै मितिमा ओखलढुङ्गा, केदार कार्कीलाई झापा दमकमा आक्रमण भएको थियो । पहिचानको आन्दोलनरत समुदायलाई गालि गरेको भन्दै केपी ओलीलाई झापादेखि इलाम, पाँचथरदेखि तेह्रथुमसम्म, योगेश भट्टराईलाई ताप्लेजुङमा, महेश बस्नेतलाई झापा विर्तामोड र धनकुटामा आक्रमण भएको थियो ।

कोशी नाम खारेजी नभएकोले यो बर्ष (२०८१, यले सम्बत ५०८४)मा प्रदेश सांसद मन्त्रीलाई नबोलाउन र बोलाइएमा त्यहाँ हुनसक्ने दूव्र्यबहार र भौतिक क्षतिको जिम्मेवार सम्बन्धित स्वायमले लिनुपर्ने यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताछो राईले बताए । कोशी नाम खारेजीको माग राखेको र खारेजीमा नलागेकोमा जनता आक्रोशित भएकोले जुनसुकै बेला ढुङ्गामुढा हुनसक्ने भएकोले कोशी नाम खारेजी नभएसम्म सोकलामा नबोलाउन र नजान सर्कुलर गरिएको यायोक्खाले जनाएको छ ।

यसैगरी चुम्लुङ अध्यक्ष येक्तेनले पनि प्रदेश १ का मन्त्री र प्रदेशसभा सदस्यहरु लगायत ३ एमाले नेताहरुलाई कुनै पनि औपचारिक कार्यक्रममा सरिक नगराउन अनुरोध गरेका छन् । कार्यक्रममा ढुंगामुढा भए, दुव्र्यबहार भए, क्षति भए सम्बन्धित स्वयम जिम्मेवार हुनुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...