मञ्चका अध्यक्ष कुमार लिङदेन मातृ शोकमा

 लिम्बुवान न्युज
                       


दमक, १५ जेठ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन मिराक मातृ शोकमा परेका छन् ।
मोरङको विरानगरस्थित विराट नर्सिङ् होममा उपचारको क्रममा आज विहान ७ बजेर ४५ मिनेटमा आमा गणेश कुमारी लावती लिम्बुको निधन भएपछि अध्यक्ष लिङदेन मातृशोकमा परेका हुन् ।

पाँचथरको लिम्बास्थित लुम्बाङदिनमा बिक्रम सम्बत २००१ सालमा जन्मनु भएकी लावतीको ८० बर्षको उमेरमा निधन भएको हो । उनी मानबहादुर लावतीका छोरी हुन् ।
मोरङको साविक टाँडी हाल मिक्लाजुङमा हरि लिङ्देनसँग विवाह बन्धनमा बाँधिएकी उनका दुई छोराहरु छन् । अध्यक्ष लिङ्देन र अर्का एक जना छोरा चन्द्र लिङ्देन रहेका छन् ।

पहिचान र लिम्बुवान आन्दोलनमा लामो समय देखि लागिरहेका लिङदेनको आमाको असामयिक निधनले पहिचानवादीहरुलाई ठूलो क्षति पुगेको छ । सामाजिक संजालमा पहिचानवादी विभिन्न संघ संस्थाका प्रमुखहरुले अध्यक्ष लिङदेनप्रति सहानुभूति प्रकट गर्दै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

मृतकको पार्थिव शरीरलाई भोलि जेठ १६ गते पाँचथरको मिक्लाजुङ ६ लिम्बास्थित लुम्बाङदिनमा पु¥याई अन्त्येष्टी गरिने मञ्चका महिला नेत्री दिलु लिङदेनले जनाएकी छिन् ।

मञ्चका अध्यक्ष लिङदेनको आमाको दुःख निधन प्रति लिम्बुवान खबर डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...