जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न नेता बस्नेतको आग्रह

 लिम्बुवान न्युज
                       

ललितपुर, २३ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् ।

पार्टीको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै प्रमुख बस्नेतले जसपा र जसपा नेपालबारे सर्वोच्च अदालतले गरेको निर्णयबारे जानकार रहन समेत अनुरोध गरेका छन् ।

’अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गर्ने निर्वाचन आयोगको मिति २०८१ बैशाख २४ गतेको निर्णयलाई सर्वोच्च अदालतले यथास्थितिमा राख्नू भनि मिति २०८१ जेठ २ गते अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

यस्तै उपेन्द्र यादव नेतृत्वको जसपा नेपालको महाधिवेशन रोक्न जनार्दनप्रसाद यादव र भीमबहादुर राई (जो जसपा नेपालका हैनन्) ले दिएको रिट निवेदन सर्वोच्च अदालतले २०८१ जेठ २० गते दरपिठ गरिदिएको छ ।

यससँगै विधिवत् रुपमा आयोजना हुन लागेको जसपा नेपालको राष्ट्रिय महाधिवेशन भव्य रुपमा सफल हुने,’ प्रमुख बस्नेतले बताए । जसपा, नेपालकाे एकताकाे महाधिवेशन यहि जेठ २८ देखि ३० गतेसम्म ३ दिन मधेशकाे जनकपुरधाममा हुँदैछ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...