जसपा, नेपालको एकता महाधिवेशन आजबाट तीन दिनसम्म चल्ने

 लिम्बुवान न्युज
                       


ललितपुर, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । आजदेखि ३ दिनसम्म जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालका प्रचारप्रसार संयोजक पूर्ण बस्नेतले जनाएको छ । नेपालका सबै राष्ट्रिय पार्टीहरु, नेकपा एस, लोसपा र नेकपा विप्लवलाई समेत कार्यक्रममा बोलाईएको थियो भने भारत, मलेसिया, अजरवैजान, माल्दिप्स लगायत अन्य देशका नेताहरुको समेत उदघाटन कार्यक्रममा सहभागिता रहेको थियो ।
महाधिवेशनमा अध्यक्षबाट पेश गरिएको राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज प्रस्तुत गरि पारित गरिने छ । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने जनाइएको छ ।
महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू सहभागी रहेका छन् ।
जसपा नेपालबाट अशोक राई सहितका ७ सांसदले पार्टी विभाजन गरी जसपा गठन गरेका छन् । यसैगरी डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन गरि जसपा, नेपालबाट अलग भएको घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...