जसपा, नेपालको एकता महाधिवेशन आजबाट तीन दिनसम्म चल्ने

 लिम्बुवान न्युज
                       


ललितपुर, २८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । आजदेखि ३ दिनसम्म जनकपुरमा जसपा नेपालको राष्ट्रिय महाधिवेशन सुरु भएको हो ।
महाधिवेशनमा देशभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी भएको जसपा नेपालका प्रचारप्रसार संयोजक पूर्ण बस्नेतले जनाएको छ । नेपालका सबै राष्ट्रिय पार्टीहरु, नेकपा एस, लोसपा र नेकपा विप्लवलाई समेत कार्यक्रममा बोलाईएको थियो भने भारत, मलेसिया, अजरवैजान, माल्दिप्स लगायत अन्य देशका नेताहरुको समेत उदघाटन कार्यक्रममा सहभागिता रहेको थियो ।
महाधिवेशनमा अध्यक्षबाट पेश गरिएको राजनीतिक, वैचारिक, नीतिगत दस्ताबेज प्रस्तुत गरि पारित गरिने छ । यस्तै महाधिवेशनबाट नयाँ नेतृत्वका लागि जेठ ३० गते चुनावी प्रक्रिया सुरु हुने जनाइएको छ ।
महाधिवेशनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायतका नेताहरू सहभागी रहेका छन् ।
जसपा नेपालबाट अशोक राई सहितका ७ सांसदले पार्टी विभाजन गरी जसपा गठन गरेका छन् । यसैगरी डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन गरि जसपा, नेपालबाट अलग भएको घोषणा गरेका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...