सहारा साकोसको सदस्य १ लाख ७२ हजार नाघ्याे

 लिम्बुवान न्युज
                       


दमक, ८ असार । झापाकाे विर्तामाेडस्थित चारपानेमा रहेकाे देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेको छ । पुँजीको हिसाब, त्यसमा भएको कारोबार र सदस्य संख्याको हिसाबले नेपालकै ठूलो भएको हो ।

शुक्रबार संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाले सार्वजनिक गर्नुभएको संस्थाको २०८१ जेठ महिनाको प्रगति विवरणअनुसार सहाराका शेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेका हुन् ।

त्यस्तै, संस्थाको सेयर पुँजी १ अर्ब ६७ करोड ९२ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब ५७ करोड १६ लाख, लगानी १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख ९७।७४ प्रतिशत० र विभिन्न कोषमा ५२ करोड ४० लाख रहेको छ । संस्थासँग ३३।६२ प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएका छन् ।

नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ । २०८१ जेठ मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १० महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...