सहारा साकोसको सदस्य १ लाख ७२ हजार नाघ्याे

 लिम्बुवान न्युज
                       


दमक, ८ असार । झापाकाे विर्तामाेडस्थित चारपानेमा रहेकाे देशकै सबैभन्दा ठुलो सहकारी सहारा नेपाल साकोसको सदस्य एक लाख ७२ हजार पुगेको छ । पुँजीको हिसाब, त्यसमा भएको कारोबार र सदस्य संख्याको हिसाबले नेपालकै ठूलो भएको हो ।

शुक्रबार संस्थाका कार्यकारी प्रमुख मेहन्द्रकुमार गिरी र निर्देशक लक्ष्मण खतिवडाले सार्वजनिक गर्नुभएको संस्थाको २०८१ जेठ महिनाको प्रगति विवरणअनुसार सहाराका शेयर सदस्य १ लाख ७२ हजार १९२ जना पुगेका हुन् ।

त्यस्तै, संस्थाको सेयर पुँजी १ अर्ब ६७ करोड ९२ लाख, जगेडा कोष १ अर्ब २४ करोड २ लाख, कुल बचत १२ अर्ब ५७ करोड १६ लाख, लगानी १० अर्ब ९५ करोड ८७ लाख रुपैयाँ रहेको छ । त्यस्तै, संस्थागत पुँजी १ अर्ब २७ करोड ७६ लाख ९७।७४ प्रतिशत० र विभिन्न कोषमा ५२ करोड ४० लाख रहेको छ । संस्थासँग ३३।६२ प्रतिशत तरलता रहेको छ । संस्थाबाट ७० हजार १३० जनाले कर्जा लिएका छन् ।

नेपालका ३१ हजार ३६३ सहकारीमध्ये झापा बिर्तामोडको सहारा नेपाल साकोस नेपालको सबैभन्दा ठुलो सहकारी संस्था हो । कुल सम्पत्तिको आधारमा पनि सहारा उत्कृष्ट एकमा छ । २०८१ जेठ मसान्तसम्मको विवरणअनुसार संस्थाको कुल सम्पत्ति १६ अर्ब ४९ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

संस्थागत अवस्थाको वित्तीय विवरणअनुसार सहाराको बाह्य ऋण १० महिनायता शून्य छ । संस्थाले २०८० भदौ महिनामै बाह्य ऋणलाई शून्यका झारेको संस्थाका कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...