दमकको १५औं नगरसभा सम्पन्नः एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ विनियोजन

,   लिम्बुवान न्युज
                       


दमक, ११ असार । झापाको दमक नगरपालिकाले १५औं नगर सभा सम्पन्न गरेको छ । आइतबार नगरस्थित सभाहलमा बृहत भेलाभई नगरसभा सम्पन्न भएको हो ।

नगरसभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगरसभा सदस्यहरुका अतिरिक्त प्रदेश सभा सदस्यहरु, पूर्व मेयर, राजनीतिक दल, संघ संस्थाका प्रतिनिधिहरु समेत सहभागी भएका थिए ।

२०७४ को स्थानीय तह निर्वाचन परिणामपछि गठन भएको नगर सभामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबाहेक राजनीतिक दलका प्रतिनिधि, संघीय सभा सदस्य, प्रदेश सभा सदस्य र पूर्व नगर प्रमुखलाई आमन्त्रण गर्ने गरिएको थिएन ।

दोश्रो स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित नगर नेतृत्वले भने नगरसभामा नगर सभा सदस्य बाहेकलाई पनि सहभागी गराएको हो ।

स्थानीय सरकारको नेतृत्व सम्हालिरहेका नगर प्रमुख रामकुमार थापाले नगर सभाको अध्यक्षता गर्दै नेपाल सरकारबाट दमक नगरलाई प्राप्त हुनुपर्ने अनुदान रकममा भएको कटौती, आन्तरिक स्रोतबाट समेत अपेक्षाकृत राजश्व संकलन गर्न नसकिएको स्वीकार गरेका छन् । नगर प्रमुख थापाले प्रविधिमैत्री शासनसहितको सुशासनको नीति अख्तियार गरिने उल्लेख गरे । नगर सभामा प्रमुख थापाले पूर्वाधार बिकास र गुणस्तरीय शिक्षामा नागरिकको पहुँच अभिबृद्धि गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

नगर प्रमुख थापाले नगर सभामा पेश गरेका कार्यसूची अनुसार उपप्रमुख रेगिना भटट्राई प्रसाइँले बार्षिक नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी छिन् । उपप्रमुख भटट्राईले आगामी आर्थिक बर्ष २०८१÷०८२ का लागि एक अर्ब ६२ करोड ७७ लाख ५८ हजार रुपैयाँ बराबरको बजेट पेश गरिन् । सो बजेट अंक चालू आर्थिक बर्ष २०८०÷०८१ को तुलनामा ८.७२ प्रतिशतले बढी हो ।

सो अवसरमा दमकको अस्तित्व, बढाउँछ सुरक्षित मातृत्व भन्ने नीति अंगिकार गर्दै सुरक्षित मातृत्व बिकासको कार्यक्रम सञ्चालन गरिने उपप्रमुख भटट्राईले उल्लेख गरिन् । सोही अन्तर्गत विपन्न, दलित, असहाय तथा अपागंता भएका व्यक्तिहरुबाट नियमानुसार जन्मदर्ता गराइएका बालबालिकाहरुलाई एक पटकका लागि बैंक खाता खोल्न ४ हजार रुपैयाँ एकमुष्ट रकम उपलब्ध गराइने पनि उपप्रमुख भटट्राईले उल्लेख गरिन् ।

त्यस्तै उपमेयर सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन गर्ने, आमा तथा बच्चाको स्वास्थ्य सुरक्षित गराउन पिएनसी होम भिजिट कार्यक्रम सञ्चालन गरिने, मोतिया विन्दुको समस्या भएका बिरामीको उपचार निशुल्क गर्ने कार्यक्रम पनि नगरले ल्याएको छ । दमकका जनता आधारभुत स्वास्थ्य सेवाका लागि जानुपर्दैन अन्त भन्ने नारासहित मानसिक रोगसहित अन्य नसर्ने रोगको रोकथामका लागि कार्यक्रम सञ्चालन गर्नेसहित विभिन्न १६ वटा कार्यक्रम अघि सारिएको छ । १० बर्ष सेवा गरि निवृत्त हुने महिला स्वास्थ्य स्वयंसेविकालाई दिइँदै आएको ८० हजार रुपैयाँलाई बढाएर एक लाख बनाउने प्रस्ताव गरिएको छ ।

बिद्यालयमा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न हरेक बिद्यालयमा एक जना स्वास्थ्य फोकल पर्सन तोक्ने, बिद्यालय नर्सको उचित व्यवस्थापन गरी स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने, दमक अस्पतालको ल्याब सेवालाई थप विश्वसनिय बनाउन आइएसओ प्रमाणित प्रयोगशाला स्थापना गर्ने, सेवाग्राहीको चाप व्यवस्थापन गर्न टोकन सिस्टमलाई थप व्यवस्थित बनाउँदै पेपरलेस सिस्टम विस्तार गर्ने, दमक अस्पतालको सेवा विस्तार प्रयोजनका लागि दमक १ स्थित नमुना बस्ती उत्तरमा रहेको सार्वजनिक जग्गालाई कम्पाउण्ड वाल गर्ने, नगरपालिकाको मातहतमा रहने गरी दमक अस्पताललाई ५० शैयामा स्तरोन्नती गर्न सम्बन्धित निकायमा समन्वय र पहल गर्ने, ९० बर्षमाथिका बृद्धबृद्धा, प्रशव अवस्थाका गर्भवती, क वर्गका र अति विपन्न सेवाग्राहीहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पनि नगरपालिकाको योजना छ । हरेक तीन महिनामा ९० बर्षमाथिका नगरबासीको घरदैलोमा पुगेर दिइने स्वास्थ्य जाँचलाई निरन्तरता दिइने पनि नगरपालिकाद्धारा प्रस्तुत नीति, कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

प्रथम दमक भेट्रान च्यालेन्ज कप: मिक्लाजुङमाथि चन्द्रगढीको ५-० को फराकिलो जित, क्वाटरफाइनलमा प्रवेश

दमक, असोज १६ — झापाको दमकमा जारी 'कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३' अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा चन्द्रगढी भेट्रान क्लब, झापाले एकतर्फी प्रदर्शन गर्दै विजयी यात्रा सुरु गरेको छ। दमक २ स्थित...

दशैं, तिहारको अवसरमा दमकमा विशेष सांगीतिक अभियान: ‘नसा मुक्त समाज, हाम्रो अभियान’ सञ्चालन हुने

दमक, १६ असाेज । बढ्दो लागू औषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्दै समाजमा सकारात्मक चेतना फैलाउने उद्देश्यका साथ झापाको दमकमा ‘लागू औषध दुव्र्यसन विरुद्धको सचेतना अभियान–२०८३’ आयोजना गरिने भएको छ। हिन्दु धर्मावलम्बीहरूको महान् पर्व दशैं, दीपावली...

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

;