पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भवन निर्माणकाे जग खन्ने काम सुरु

 लिम्बुवान न्युज
                       

विष्णुकुमार लिम्बु (सेसेहाङ)

फुङलिड्, १३ असार । तेह्रथुम जिल्लाको फेदाप गाउपालिका वाड नं. १ मा पोक्लाबाङ साँस्कृतिक सङ्ग्रालय भबन निर्माणको काम सुचारु भएको छ । पहिलो चरणमा फाउन्डेसन जग खन्ने काम भइरहेको छ ।

काठमाडौको मारुती बिल्डर्स कम्पनीले ठेक्का पारी काम सुरुवात गरेको हो । पोक्लाबाङ यक माङ्गेन्ना लुङधुङ थामरुङ फेदाप अन्तर्गत बन्न लागेको संग्रहालयको शहरी बिकास मन्त्रालयबाट बहुबर्से बजेट विनियोजन भएको थियो ।

पोक्लाबाङ यक एक ऐतिहासिक तथा प्राचीन लिम्बुवानको राजधानी हो । यस यकलाई हाल १८ थरी आङबुङ, कुरुम्बाङ, सिंगक, निङ्लेकु/खु, पंयाङगु, सम्बाहाङफे, हुक्पाचोङबाङ, लुम्फुङवा, हुक्पा मादेम्बा, तुम्बाहाङफे, पंधाक, खापुङ, पाहिम, हाङस्रोङ, तेयुङ, पंगेनहाङ, चेलिफुङ, मुसाहाङ लगायतले आफ्नो माङगेन्ना यक समेत मान्ने गरेका छन् ।

पुर्व लिम्बुवान क्षेत्रकै ठुलो संग्रहालयको रूपमा बन्न लागेको यस संग्रहालयमा ऐतिहासिक तथा पुराना सामाङग्रीहरुको संकलन गर्ने, साँस्कृतिक रूपमा रहेका पुराना गर गहनाहरु संरक्षण गरेर राख्ने, पुराना ऐतिहासिक कागजातहरु संकलन गरेर सुरक्षित गर्ने, लिम्बुवान र गोर्खा युद्धकालिन हात हतियारहरुको संकलन गर्ने उदेश्यले उक्त संग्राहलय बन्न लागेको पोक्लाबाङ यक माङगेन्ना लुङधुङ थामरुङ फेदाप समितीका महासचिव टेकबहादुर खापुङले बताउनु भयो ।

शहरी बिकास मन्त्रालयबाट आर्थिक बर्ष २०८०/०८१ को योजनाबाट रु ४ करोड बजेटको २४ प्रतिशत बिलोमा काठमाण्डौमा रहेको मारुती बिल्डर्सले ठेक्का पारी सम्झौता गरेको छ । १५ महिनाको कन्ट्र्याकमा यस संग्रहालयको निर्माण ९ महिनामा सम्पन्न गर्ने ठेकेदार सुवास मगरले बताएका छन । छ धुरे घर मुनी हल र माथिबाट संग्राहलय जहाँ याक्थुङ जाती लगायतकाे विभिन्न भेषभुषा, भाषा, संस्कृति झल्कीने सामाग्रीहरु राखिने समितीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता १७७ जनाको शव फेला

ललितपुर, ११ भदौं । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका मध्ये १७७ जनाको शव फेला परेको छ । प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिलेसम्म १७७ जनाको शव फेला परेको हो । प्रहरीका अनुसार रसुवामा २,...

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

;