कियाचु इजरायलको पहलमा ताप्लेजुङमा (याःलाङ्) धाननाँच प्रतिमा निर्माण हुँदै

 लिम्बुवान न्युज
                       


ललितपुर, २१ असार । किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा केलाङ् (याःलाङ्) प्रतिमा निर्माण हुने भएको छ । ताप्लेजुङ फुङलिङस्थित तोक्मे बजारमा पचास लाख लागतमा उक्त प्रतिमा निर्माण गरिने भएको हो ।
कास धातुबाट निर्माण गरिने प्रतिमा आउदो भदौ अन्तिमसम्ममा निर्माण सम्पन्न हुने गरि काम सुरु भई सकेको कियाचु इजरायकी अध्यक्ष नुमा काङ्वा बोखिमले बताइन् । उक्त याःलाङ् प्रति साढे छ फिट उचाइको निर्माण हुने अध्यक्ष बोखिमले वताइन् ।
लिम्बु याक्थुङ् जातीको ऐतिहासिक साँस्कृतिक परम्परालाई अमर बनाउन र याक्थुङ इतिहासलाई बचाउन कियाचु इजरालले आर्थिक व्यवस्थापन तथा संयोजकत्वमा दुई महिला र दुई पुरूष याःलाङ् धान नाचिरहेको प्रतिमा निर्माण गर्ने निर्णय गरेको हो ।
पाँच फिट उचाइको पिलरमा रहने प्रतिमाको पृष्ठभुमिमा आर्टिफिसियल फक्तालुङ, मुकुम्लुङ, स्टिलबार बाउण्ड्री, ढुंगा बिच्छ्याउँने, त्यहाँ बस्नका लागी बेन्चहरू राख्ने, फुल रोप्ने साथै बगैंचा समेत रहने जनाएको छ ।
निर्माणका लागि स्थानिय समाजसेवी कृतिमान मादेनको संयोजकत्वमा किराँत याक्थुङ चुम्लुङ जिल्ला ताप्लेजुङका पदाधिकारी सहितका ९ सदस्यीय निर्माण समिति गठन गरीएको छ । निर्मार्णाधिन प्रतिमा कियाचू संघ र जिल्ला समितिको निगरानी रहनेछ ।
कांसको ४ याःलाङ् (धान नाँच) प्रतिमा बनाउँन राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभव भएका मुर्तिकार पुर्ण वनेम लिम्बुको अगुवाइमा ४ कालिगढहरूले बनाइरहेको जनाइएको छ ।
यस प्रतिमालाई कियाचु ताप्लेजुङ जिल्ला अध्यक्ष इन्दिरा मेन्याङबो मादेनको अध्यक्षतामा गत जेठ ६ गते बसेको बैठकले ताक्वाचङ (तक्मा) याराक्मा तेन राख्ने निर्णय गरेको र निर्माण तथा अनुगमन समिति पनि गठन गरेको बताईएको छ ।

 

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...