पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

 लिम्बुवान न्युज
                       


दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा. मित्र परियारलगायत नेताहरु लावती नेतृत्वको मोर्चामा आबद्ध भएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् । मोर्चाका संयोजक प्रा.डा. लावतीसहित ९ जनाले एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।

जसमा आगामी निर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने तयारी समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले नेपाली कांग्रेस र नेकपा एमालेले हालै निर्माण गरेको सरकारले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली हटाउने तथा प्रतिगमनकारी कदम चाल्ने प्रयास गरिरहेको भन्दै त्यस्तो दुस्साहस गरिए तेस्रो जनआन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

‘संविधान पुनर्लेखनबाट एकल जातीय राज्यको अन्त्य गरी बहुसांस्कृतिक, पूर्ण समानुपातिक र सहभागितामूलक समाजवादी लोकतान्त्रिक राज्य स्थापना गर्न सबै दलमा रहेका पहिचानवादी व्यक्ति र शक्तिहरुलाई एक भई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

सहभागी नेताहरुले वर्तमान राज्यलाई एकल जातीय राज्य मानेको मोर्चाका नेताहरुले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, सहकारी काण्ड, सुन काण्ड आदि भ्रष्टाचारका काण्डहरुमा संलग्न व्यक्ति र तिनका नाइकेहरुलाई कडा कारबाही गर्न तथा बाढी–पहिरो वा प्राकृतिक प्रकोपका पीडितहरुलाई तुरुन्त उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध पनि गरेका छन् ।

प्रा. डा. महेन्द्र लावती संयोजक पहिचानवादी मोर्चा, गोपाल किराती संयोजक तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परियार अध्यक्ष, काष्ट वाच नेटवर्क, कृष्ण चोङ्बाङ्, इन्चार्ज लिम्बु संघ (समाजवादी), नेकपा (ए. समाजवादी), बुद्धराज स्याङ्तान, अध्यक्ष संघीय ताम्सालिङ पार्टी, मोलम लामा, महासचिव राष्ट्रिय टे«ड युनियन महासंघ, पासाङ् मोक्तान, संयोजक ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा, संयोजक खसान गणराज्य र खड्ग बहादुर श्रेष्ठ, संयोजक, नेवाः गणराज्य नौ वटा संगठनले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...