पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

 लिम्बुवान न्युज
                       


दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा. मित्र परियारलगायत नेताहरु लावती नेतृत्वको मोर्चामा आबद्ध भएका हुन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता र मोर्चाबन्दीबाटै साझा उद्देश्य र लक्ष्य प्राप्त हुने भन्दै मोर्चामा आबद्ध भएको घोषणा गरेका हुन् । मोर्चाका संयोजक प्रा.डा. लावतीसहित ९ जनाले एक प्रेस विज्ञप्ति पनि जारी गरेका छन् ।

जसमा आगामी निर्वाचनमा मोर्चाले साझा उम्मेदवार उठाउने तयारी समेत गरिएको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरुले नेपाली कांग्रेस र नेकपा एमालेले हालै निर्माण गरेको सरकारले संविधान संशोधन गरी समानुपातिक निर्वाचन प्रणाली हटाउने तथा प्रतिगमनकारी कदम चाल्ने प्रयास गरिरहेको भन्दै त्यस्तो दुस्साहस गरिए तेस्रो जनआन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।

‘संविधान पुनर्लेखनबाट एकल जातीय राज्यको अन्त्य गरी बहुसांस्कृतिक, पूर्ण समानुपातिक र सहभागितामूलक समाजवादी लोकतान्त्रिक राज्य स्थापना गर्न सबै दलमा रहेका पहिचानवादी व्यक्ति र शक्तिहरुलाई एक भई आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ।

सहभागी नेताहरुले वर्तमान राज्यलाई एकल जातीय राज्य मानेको मोर्चाका नेताहरुले भुटानी शरणार्थी काण्ड, गिरिबन्धु टि–स्टेट काण्ड, सहकारी काण्ड, सुन काण्ड आदि भ्रष्टाचारका काण्डहरुमा संलग्न व्यक्ति र तिनका नाइकेहरुलाई कडा कारबाही गर्न तथा बाढी–पहिरो वा प्राकृतिक प्रकोपका पीडितहरुलाई तुरुन्त उद्धार गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध पनि गरेका छन् ।

प्रा. डा. महेन्द्र लावती संयोजक पहिचानवादी मोर्चा, गोपाल किराती संयोजक तेस्रो जनआन्दोलन तयारी समिति, डा. मित्र परियार अध्यक्ष, काष्ट वाच नेटवर्क, कृष्ण चोङ्बाङ्, इन्चार्ज लिम्बु संघ (समाजवादी), नेकपा (ए. समाजवादी), बुद्धराज स्याङ्तान, अध्यक्ष संघीय ताम्सालिङ पार्टी, मोलम लामा, महासचिव राष्ट्रिय टे«ड युनियन महासंघ, पासाङ् मोक्तान, संयोजक ताम्सालिङ गणराज्य, लोकेन्द्रराज थापा, संयोजक खसान गणराज्य र खड्ग बहादुर श्रेष्ठ, संयोजक, नेवाः गणराज्य नौ वटा संगठनले विज्ञप्तिमा संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...