चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, १५ साउन । किरात याक्थुङ चुम्लुङको ३६औं स्थापना दिवसको अवसरमा कला प्रदर्शनी आयोजना गरिएको छ । ‘आदिवासी प्रतिरोध, भविष्य अनि मुक्कुम्लुङ’ शिर्षकमा आयोजित उक्त प्रदर्शनीमा सहभागी हुन खुला आव्हान गरिएको छ ।

प्रदर्शनीमा सहभागी हुन आगामी भदौ ४ गतेभित्र चित्रकला, अडियो, भिडियो, प्रदर्शन कला, अनि संस्थापन कलामार्फत आदिवासी आन्दोलन, प्रतिरोध अनि आदिवासी भविष्यसम्बन्धी आफ्नो कलाकृति पठाइसक्नु पर्ने चुम्लुङले जनाएको छ । चुम्लुङको ‘आजको नेपाल भित्रका आदिवासी भूमिहरुसँग पुर्ख्यौली नाता राख्ने सबै आदिवासी कलाकारहरुको आफ्नो कलाकृति पठाउन आव्हान’मा मुक्कुम्लुङ आन्दोलन अनि संघर्षसम्बन्धी कामलाई प्राथमिकता दिइने उल्लेख छ ।

प्रदर्शनीको समन्वयकर्ता मध्येका एक किरण सिगुका अनुसार उपलब्ध कलाकृतिमध्येबाट छनोटमा परेकालाई ललितपुरको ढोलाहिटीस्थित चुम्लुङ हिममा भदौ १५ देखि १७ गतेसम्म हुने कार्यक्रममा प्रदर्शनी गरिनेछ । ती कलाकृतिहरु अवलोकनकर्ताहरुले खरीद पनि गर्न सक्ने उनले बताए ।

चुम्लुङसँगको सहकार्यमा याक्थुङ चो सङगजुम्भोको वार्षिक कार्यक्रमअनुसार कला प्रदर्शनी आयोजना गरिएको हो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...