जनमुक्तिसँग मिले दुई लिम्बुवानजन्य पार्टी

 लिम्बुवान न्युज
                       

दमक, १८ साउन । राष्ट्रिय जनमुक्ति पार्टीसँग दुईवटा लिम्बुवान जन्य पार्टीहरु बिच एकता भएको छ । बिहीबार विर्तामोडमा जनमुक्तिसँग सङ्घीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समितिबिच एकता भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन पार्टीबिच एकीकरण गरिएको बताएका छन् । तीन पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी (नेजपा)’ गठन गरिएको उनले बताए । “पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौँ”, उनले भने, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न दबाबमूलक कार्यक्रम गर्छौं ।”
६ बुँदे सहमतिका साथ बनेको नेपाल जनमुक्ति पार्टीको निर्वाचन आयोगमा ९९ नम्बरमा दर्ता भएको नेजपाका नेता सञ्जुहाङ पालुङ्वाले जानकारी दिए । उनले ठूला दलले बेवास्ता गर्दा पहिचानको मुद्दा ओझेलमा परेकाले तीन पार्टी एकीकृत भएर सो मुद्दा पुनः उठाउने धारणा राखे ।
त्यसैगरी पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष भक्त खेवाङले पहिचानको मुद्दालाई जातिवादी हिसाबले अपव्याख्या गरिएको गुनासो गरे । “पहिचानबारे धेरैलाई थाहा छैन । यो सबै जातजाति, भूगोल, भाषाभाषी र इतिहासको कुरा हो । सोहीअनुसार बुझाउन आवश्यक छ”, उनले भने ।
तीन पार्टीबिच २०८० मङ्सिर १९ गते तीन बुँदे सहमति भई पार्टी एकता घोषणा भएकामा गत वैशाख २९ र ३० गते सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको विधान महाधिवेशनले सहमति अनुमोदन गत जेठ २९ गते निर्वाचन आयोगमा अध्यावधिक गरिएको थियो ।
एकतापछि पार्टीको संरक्षक एमएस थापा, संस्थापक सदस्य रामबहादुर तुम्बाहाङफे, वरिष्ठ नेता डिके बुद्धिष्ट, अध्यक्ष केपी पालुङ्वा, कार्यकारी अध्यक्ष केशव सूर्यवंशी र बाँकी अन्यको हकमा तत्कालीन पदाधिकारी र सदस्यको जिम्मेवारी यथावत रहेको जनाइएको छ ।
यस्तै, पार्टी नेता सञ्जुहाङ पोलुङ्वा, उपाध्यक्ष भक्त खेवाङ, केन्द्रीय सदस्यमा लासिम पालुङवा, एलवि पालुङ्वा, राजकुमार नाल्बो, भीम खत्री, दिनेश माबो, साधना फागो, इन्दिरा धौराली, मकल साँवा, उमा मगर, आशा लिम्बू र सुकमाया लिम्बू रहेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...