दमक नगरपालिकाले आफ्नो नम्बरी जग्गा हडप्न खोजेको चाम्लिङको आरोप

 लिम्बुवान न्युज
                       

दमक, १९ साउन । झापाको दमक ७स्थित हाटखोला निवासी प्रविण राई चाम्लिङले दमक नगरपालिकाले बलजफती गरि आफनो नम्बरी जग्गा हड्प्न खोजेको आरोप लगाएका छन् । राजनीति तथा सामाजिक व्यक्तित्व चाम्लिङले आज दमकमा एक पत्रकार सम्मेलन गरि जिल्ला अदालत झापामा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा एकाएक सयौंको संख्यामा सुरक्षाकर्मीहरु ल्याएर धाकधम्कीका साथ जर्वजस्ती बाटो कायम गर्न खोजेकोमा आपत्ति जनाएका हुन् ।

२०६७ सालमा खरिद गरी आफनो श्रीमती सुनिता राईको नाममा कायम रहेको साविक ६(ख) कित्ता नम्बर ३४४६० को २ कठ्ठा जग्गामा बाटो भएको भन्दैं नगरपालिकाको न्यायिक समितिले गत जेठ २१ गते एक्लौटी रुपमा फैसला गरेको चाम्लिङको आरोप छ ।

फैसला विरुद्ध नगरपालिकाले पुनरावलोकन गर्ने समय नदिएको बताउदै यसरी राजनीतिक पूर्वाग्रहका आधारमा स्थानीय सरकारले देखाएको यस किसिमको हर्कत स्वभाविक नभएको उनले सुनाए । जनताको जीउधनको सुरक्षामा चासो दिनुपर्ने भएपनि उल्टै त्रसित बनाउने कार्य गरिआएको घटनाले आफूहरु असुरक्षित हुनुपरेको विज्ञप्ति मार्फत उनले गुनासो गरेका छन् ।

विहीबार प्रहरीलाई जर्वजस्ती नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराई प्रसाई, वडाअध्यक्ष भीमप्रसाद पौडेलसहित इलाका प्रहरी कार्यालयका डिएसपी निशान थापा सहित, शसस्त्र प्रहरी र नगर प्रहरी ठुलो संख्यामा आएका टोलीले राईको नम्बरी जमीनमा बाटो खुलाएका थिए । बाटो खुलाउन खोज्दा त्यहाँ दुईपक्षीय विवाद चर्किएर दिनभरि तनाब भएको थियो ।

राईले नगरपालिकाको फैसाला विरुद्ध गत जेठ ३० गते जिल्ला अदालत झापामा पुनरावेदन गरेका छन् । राईले न्यायिक समितिको फैसला त्रुटिपूर्ण भएको र सो जमीनमा कुनै पनि सार्वजनिक बाटो नभएको दावी गरेका छन् । आफनो परिवारले खरिद गरेको नम्बरी जग्गामा आफनो हित नचाहने केहि व्यक्तिको उजुरीका आधारमा बाटो रहेको फैसला गरेपनि नक्सामा बाटो समेत नभएकाले सो जमीन आफनो पक्षमा सम्मानित अदालतबाट न्याय पाउने उल्लेख गरेका छन् ।

सो मुद्दाको साउन २१ गते तारिक तोकिएको उनको भनाई छ ।

विज्ञप्ति तल हेर्नुहोस्

 

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...