धरान खानेपानी बोर्डमा १० राजनीति दलको तालाबन्दी

 लिम्बुवान न्युज
                       


दमक, २१ धरान ।

सुनसरीको धरानमा क्रियाशील १० राजनीतिक दलले शुल्क वृद्धिको विरोधमा खानेपानी बोर्डको महसुल संकलन काउन्टरमा तालाबन्दी गरेका छन् ।
आज (सोमबार) राजनीतिक दलहरुले धरानको वडा नं ११, १५ र १६ मा रहेको खानेपानी महसुल काउन्टरमा तालाबन्दी गरेका हुन् ।

आइतबार पत्रकार सम्मेलनमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एसियाली विकास बैंकको ऋण तिर्नका लागि महशुल बढाएको भन्दै फिर्ता नहुने बताएका थिए ।
माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने नेपाली कांग्रेस धरान नगर सभापति श्याम पोखरेलले बताए । ‘हाम्रो धेरै माग छैन, बोर्डले पुरानै शुल्क कायम गरे ताला खोल्छौं’, उनले भने,‘ बढेको शूल्क नघटेसम्म तालाबन्दी खोल्दैनौं ।’

धरानका मेयर अध्यक्ष रहने धरान खानेपानी व्यवस्थापन बोर्डले १ साउनबाट लागू हुनेगरी खानेपानी महसशुल र शुल्क वृद्धि गरेको थियो । शुल्क घटाउनका लागि ११ साउनमा १० राजनीतिक दलले ७२ घण्टा समय दिएका थिए । तर बोर्ड अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले चासो नदिएपछि चरणवद्ध आन्दोलन घोषणा गरे छन् । तालाबन्दीपछि भने उनीहरुले महशुल नतिर्न सर्वसाधारणलाई अपिल समेत गरेका छन् ।

२०७४ सालयता धरानमा खानेपानीको महशुल बढेको छैन । सबै क्षेत्रको भाउ बढेपछि जडान शुल्क र महशुल पनि बढाएको मेयर साम्पाङको तर्क छ । उनका अनुसार खानेपानी वितरणका लागि उपमहानगरले लिएको ५७ करोड १९ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ ।

यसअघि २०७५ सालमा मञ्जु भण्डारी कार्यबाहक मेयर रहेका बेला पनि धरानमा खानेपानीको महशुल वृद्धि भएको थियो । त्यसबेला महशुल वृद्धि विरुद्धको आन्दोलनमा साम्पाङ आफैं पनि सक्रिय भएका थिए ।

२०७६ सालको उपनिर्वाचनमा तत्कालिन नेकपा उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईसँग पराजित हुने कारणमध्ये एउटा कारण खानेपानी महशुल वृद्धि पनि हो । उपनिर्वाचनमा विजयी भएका तिलक राईले बढेको महसुल घटाएर पुरानै कायम गरेका थिए ।

अभियन्ता हुँदा महशुल वृद्धिको विरोध गरेका साम्पाङ २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर धरानको मेयर निर्वाचित भए । चुनाव जितेपछि भने उनको भूमिका र शैली फेरिएको छ । उनले ऋण तिर्न महसुल वृद्धि गर्नुपर्ने बाध्यता रहेको उनले तर्क गरेका छन् ।

यता आन्दोलनकारी दलहरुले २०९१ सालसम्ममा तिरिसक्नुपर्ने ऋणका लागि अहिलेदेखि नै जनतामा भार थोपर्न नमिल्ने बताउँछन् ।

मेयर हर्क साम्पाङले भने आम नागरिकको घरमा जडान भएको धाराको धेरै शुल्क नबढेको बताए । धरानमा धेरैको घरमा आधा इन्चको पाइपको धारा जडान भएको र त्यसको शुल्क धेरै नबढेको उनको दाबी छ ।

‘विदेशी ऋण तिर्नका लागि हाम्रो इञ्जत बचाउनका लागि हो’, आइतबार पत्रकार सम्मेलनमा भनेका छन्,‘. मैले लिएको त होइन, म भन्दा पहिला यहाँ बस्ने मान्छेहरुले लिएर आयोजना सञ्चालन गरेपछि त्यो रकम बाँकी रहेको छ, त्यो रकम भुक्तानी गर्नैपर्छ ।’ मेयर साम्पाङ्को जिकीर रहेको छ ।

जडान भएको पाइपको मोटाइका आधारमा महशुल ५ रुपैयाँदेखि आठ हजार रुपैयाँसम्म वृद्धि भएको छ । साउन १ बाट नयाँ धारा जडानमा ५ हजारदेखि ७५ हजार रुपैयाँसम्म शुल्क बढेको छ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी, जसपा, नेपाल, नेकपा –एकीकृत समाजवादी), रास्पा, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, संघीय लिम्बुवान मञ्च, नेपाल र राष्ट्रिय साझा पार्टी आन्दोलनमा उत्रिएको नाउपाका सहमहासचिव अमर इजमले लिम्बुवान खबरलाई जनाएका छन् ।

 

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;