१८३१ साउन २२ को नुनपानी सन्धि विषयक अन्तरक्रिया

 लिम्बुवान न्युज
                       


दमक, २२ साउन । लिम्बुवान स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ साउन २२ गते तत्कालिन गोर्खा राज्य र लिम्बुवानबीच भएको नुनपानी सन्धि विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलरबार नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा उक्त कार्यक्रम आयोजना गरेको हो ।

पार्टीका बरिष्ठ नेता सञ्जुहाङ् पालुङवाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १८३१ साउन २२ गतेको नुन पानी सन्धि विषय एक कार्यपत्र कार्र्यक्रम प्रस्तुत गरेको थियो । पार्टीका उपमहासचिव विष्णु थाम्देनबाट प्रस्तुत ९ बुँदे कार्यपत्रले साउन २२ गते किन लिम्बुवानले कालो दिन मनाएको र किन यो दिनलाई विशेष दिनको रुपमा लिने गरिन्छ भन्ने प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रदेश १ पुनः नामाङकन अभियानका संयोजक तथा इलाम उप निर्वाचनका उम्मेदवार डकेन्द्र सिंह थेगिम, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती, अभियानका महासचिव रामभक्त कुरुम्बाङ्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, पहिचानवादी मोर्चाका संघीय सदस्य केदार धिमाल, सामाजिक अभियानता टेक खजुम लगायतले मन्तव्य राखेका थिए ।

यस्तै टिप्पणीकारको रुपमा देशु वनेम र एल.बी. पालुङ्वाले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रदेश समिति अध्यक्ष पर्शुराम मगरको सभाध्यक्षता, प्रदेश सचिव कृष्ण कुमार थेवेको संचालन र केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ्को स्वागत मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...