१८३१ साउन २२ को नुनपानी सन्धि विषयक अन्तरक्रिया

 लिम्बुवान न्युज
                       


दमक, २२ साउन । लिम्बुवान स्वायत्तताको आन्दोलन र बि.सं. १८३१ साउन २२ गते तत्कालिन गोर्खा राज्य र लिम्बुवानबीच भएको नुनपानी सन्धि विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । मंगलरबार नेपाल जनमुक्ति पार्टीले झापाको सुरुङ्गामा उक्त कार्यक्रम आयोजना गरेको हो ।

पार्टीका बरिष्ठ नेता सञ्जुहाङ् पालुङवाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा १८३१ साउन २२ गतेको नुन पानी सन्धि विषय एक कार्यपत्र कार्र्यक्रम प्रस्तुत गरेको थियो । पार्टीका उपमहासचिव विष्णु थाम्देनबाट प्रस्तुत ९ बुँदे कार्यपत्रले साउन २२ गते किन लिम्बुवानले कालो दिन मनाएको र किन यो दिनलाई विशेष दिनको रुपमा लिने गरिन्छ भन्ने प्रष्ट पारेका थिए ।

कार्यक्रममा प्रदेश १ पुनः नामाङकन अभियानका संयोजक तथा इलाम उप निर्वाचनका उम्मेदवार डकेन्द्र सिंह थेगिम, नागरिक उन्मुक्ति पार्टीका सहमहासचिव दिलकुमार लावती, अभियानका महासचिव रामभक्त कुरुम्बाङ्, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ, पहिचानवादी मोर्चाका संघीय सदस्य केदार धिमाल, सामाजिक अभियानता टेक खजुम लगायतले मन्तव्य राखेका थिए ।

यस्तै टिप्पणीकारको रुपमा देशु वनेम र एल.बी. पालुङ्वाले मन्तव्य राखेका थिए ।

कार्यक्रम प्रदेश समिति अध्यक्ष पर्शुराम मगरको सभाध्यक्षता, प्रदेश सचिव कृष्ण कुमार थेवेको संचालन र केन्द्रीय उपाध्यक्ष भक्त खेवाङ्को स्वागत मन्तव्य सहित कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...