कमलमा याक्थुङ भाषाको सातदिने प्रशिक्षण कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक, २७ साउन । लिम्बू/याक्थुङ् भाषाको सातदिने अनौपचारिक प्रशिक्षण कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
किरात के चुम्लुङ नामक संस्थाको आयोजनामा सञ्चालित सातदिने कार्यक्रम एक कार्यक्रमकाबिच शनिवार समापन गरिएको हो ।
यो संस्था कमल गाउँ पालिका वडा नं. ४ स्थित किरात चौकमा रहेको छ । साउन २० गतेदेखि औपचारिक रूपमा सञ्चालन गरिएको लिम्बू/याक्थुङ भाषा तथा किरात सिरिजङगा लिपि प्रशिक्षण कार्यक्रममा कियाचु झापा अध्यक्ष तथा भाषिक अभियन्ता सेसेहाङ फियाकले सहजिकरण गरेका थिए भने १८ जना स्थानिय भाषा प्रेमिहरू प्रशिक्षणमा सहभागी भएका थिए ।
नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद कमलका अध्यक्ष वदि साम्पाङ राईको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा किरात याक्थुङ चुम्लुङ झापाका सल्लाहकार सूर्य यक्पान्देन, प्रशिक्षक फियाक, कियाचु झापाका पूर्व सदस्य तथा संरक्षक नरेन हाङ लिम्बूले शुभकामन मन्तव्य राखेका थिए ।
त्यस्तै कियाचु कमल गाउँ शाखा अध्यक्ष दिवस लिम्बू, किरात राई यायोख्खा कमल शाखाकी उपाध्यक्ष शेलिना राई, कियाचु कमल शाखा सल्लाहकार विरेन्द्र याक्थुङबा, कियाचुका आजिवन सदस्य बसन्तराज याेङहाङ, कियाचु कमल-३ का अध्यक्ष हिमाल लेछर्वो लगायत प्रशिक्षार्थीहरू सुनिता लकसम, सुमन केरूङ, रिस्ना लावती, विष्णु बेघा लगायतले भाषाको महत्वको बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
किरात के चुम्लुङ कमल-४ झापाका अध्यक्ष लक्ष्मी प्रसाद बेघाको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा चुम्लुङकी उपाध्यक्ष जमुना केरूङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव राधिका केरूङ नेम्बाङले कार्यक्रम संचालन गरेकी थिइन् ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...