चलचित्र ‘चे’ काे फस्ट लुक सार्वजनिक

 लिम्बुवान न्युज
                       

दमक, २७ भदाैं । चलचित्र निर्देशक तथा कलाकार सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि.  को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो ।

चलचित्र ‘चे’ मा लिम्बु याक्थुङहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा प्रस्तुत गरिएको निर्देशक केरुङ्ले बताउनुभयो । आधुनिक विकासको नाममा सांस्कृतिक सम्पदा भत्काउने र जोगाउने विचको द्वन्दात्मक कथालाई ‘चे’ को रुपमा चित्रण गरिएको छ । आधुनिक विकासको नाममा भत्काई रहेको याक्थुङ आदिवासीहरुको समाधिस्थलको अवसानपछि याक्थुङ समुदायमा चे/लास नै प्रमुख समस्याको रुपमा कथामा उभ्याईएको छ ।

पान्थरको फिदिम नगरपालिका र फालेलुङ् गाउँपालिकाका विभिन्न  क्षेत्रमा छायांकन गरिएको चलचित्रमा बिमला खजुम, यासेली योङ्हाङ, निशाम तुम्बापो लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्रकाे लेखक/निर्देशक/निर्माता सागर केरुङ स्वयम रहेका छन्  । चलचित्र युबराज राइले चलचित्र खिच्नुभएको हो । निर्माता इन्दु फोम्बो, सवु लिम्बु थाम्सुहाङ रहनुभएका छन् भने कला निर्देशक उदय बेघा, शृङ्गार अमृता जवेगु छन्, सहायक निर्देशक राजु घिमिरे, सहायक छायाँकार – रमेश सुनुवार रहेको चलचित्रमा निर्देशक केरुङको गीत तथा  बुद्धराज लिम्बुको संगित रहेको छ ।

गीतमा स्वर इन्दु फोम्बोले भरेका छन् । चलचित्र  राष्ट्रिय/अन्तराष्ट्रियस्तरमा प्रदर्शन हुने निर्माण पक्षले बताएको छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...