सुर्खेतमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको दुईदिने अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

सुर्खेत।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मेचीकाली अभियान टोली सुर्खेतमा पुगेको जनाएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देनले आज सामाजिक सञ्जालमा सुर्खेतमा दुई दिने कार्यक्रममा सरिक हुन त्यहाँ पुगेको उल्लेख गरेका छन् ।

पुष १७ र १८ गते सुर्खेतमा दुई दिने प्रशिक्षण एवंम अन्तरक्रिया कार्यक्रम गरिने जनाइको छ । मञ्चका संघीय अध्यक्षले सामाजिक सञ्जालमा प्रदेश ६ सुर्खेतमा रहेका खस जातीका अगुवा व्यक्तित्वहरुसँग मञ्चको राजनैतिक एजेण्डामा छलफल हुने बताएका छन् ।

मञ्चले पछिल्लो समयमा १०+१ प्रान्तीय अवधारणा अनुसार सबै प्रान्तमा पुग्ने र आफ्नो पार्टीको राजनैतिक एजेण्डा बारे छलफल बहस गर्ने जनाइएको छ । उक्त अभियानले राष्ट्रिय राजनीतिमा मञ्चको दर्विलो उपस्थिति रहने सुर्खेत पुगेको कार्यदलका संघीय अर्थ संयोजक विष्णु यक्सोको जिकीर रहेको छ ।

उक्त संघीय अभियान टोलीमा मञ्चका संघीय सचिव शान्ता योङहाङ, इन्दीरा मेन्याङ्बो, अर्थसचिव दिपा लिम्बु, संघीय सदस्य चन्द्र कन्दङ्वा, सुर्य लिम्बु, दलित शिल्पी मञ्चका महासचिव शर्मिला वाघचन्द लगायतका नेताहरु रहेका छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...