मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

,   लिम्बुवान न्युज
                       


ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् ।
लामो समयदेखि मुक्कुमलुङमा केवलकार बनाउने र बनाउन नहुने पुक्षविच विवाद भई आन्दोलन चलिरहेको छ । संरक्षणकर्ताहरु मुक्कुमलुङमा केवलकार बन्नु नहुने भन्दै लिम्बु याक्थुङहरुको आस्थाको धरोहर मुन्धुमीक्षेत्रको संरक्षण, प्रवद्र्धन गर्नुपर्नेमा सरकार पक्ष केवलकार निर्माण गर्न जवर्जस्ती गरिरहेको सरोकारवालाहरुको आपोप छ ।
मुक्कुमलुङ ताङ्सेःप चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले संयुक्त पत्रकार सम्मेलन गरेर संघर्षका विभिन्न चरणबद्ध कार्यक्रम घोषणा गरेका छन् । उनीहरुले राज्य तथा केवलकार निर्माण पक्षबाट गम्भीर प्रकारको मानवअधिकार उलङ्घन र हनन् भएको भन्दै दोषीहरुमाथि कडा कारवाही गरिने पर्ने समेत माग राखेका छन् ।
मंसिर १८ गते पत्रकार सम्मेलन गर्दै कार्यक्रम घोषणा गरेको संघर्ष समितिले २२ गते ताप्लेजुङका विभिन्न स्थानहरुमा भेला तथा छलफल गर्ने कार्यक्रम गर्ने जनाएको छ । यसरी नै माघ १२ गते प्रदेश १ को जिल्लाहरुको सदरमुकाम र मुख्य शहरहरुमा, मेची लोकमार्ग र तमोर करिडोरमा कोणसभा गर्ने । माघ १४ गते मेची र तमोर करिडोरमा विरोध प्रदर्शन तथा सचेतना कार्यक्रम गर्ने जनाइएको छ ।


यसैगरी माघ १६ गते ताप्लेजुङस्थित फुङलिङमा जनप्रदर्शन तथा कोणसभा गर्ने । १७ गते मुक्कुमलुङ आन्दोलनमा घाइते भएकाहरुलाई फुङलिङ बजारमा सम्मान कार्यक्रम गर्ने तयभएको जनाइएको छ ।
माघ १८ गते हाक्पारे –कान्छीथान) देखि मुक्कुमलुङ माङथान स्थलसम्म धागो टाँग्ने कार्यक्रम आयोजना गर्ने संघर्ष समितिले जनाएको छ । यसरी नै १९ गते मुक्कुमलुङ क्षेत्रमा विरोध प्रदर्शन तथा कोणसभाको आयोजना गर्ने रहेको छ । यसैगरी माघ २० गतेदेखि मसान्तसम्म प्रदेश १ को सबै जिल्ला, गाउँपालिका, नगरपालिका तथा वडा–वडाहरुमा मुक्कुमलुङ संरक्षण बारे साथै केवलकार खारेजी, शसस्त्र प्रहरी मुक्कुमलुङ क्षेत्रबाट फिर्ता, पाथीभरा क्षेत्र विकास समिति गठन आदेश खारेजी, मुक्कुमलुङ संरक्षणकर्ताहरुमाथी लगाईको मुद्दा खारेजी, राज्य तथा केवलकार निर्माण पक्षबाट भएको गम्भीर मानवअधिकार उल्लंघनका विषयलाई चुनावी एजेण्डा बनाएर लाने कार्यक्रम तयभएको बताइएको छ ।
ताप्लेजुङको फुङलिङ र ललितपुरस्थित चुम्लुङहिममा भएको पत्रकार सम्मेलनमा संघर्ष समितिका अगुवा नेताहरुको उपस्थिति रहेको थियो भने चुम्भोमा आबद्ध १४ वटा संस्थाहरु र अन्तरदलीय संघर्ष समितिमा आबद्ध ११ वटा दलहरुले संयुक्तविज्ञप्तिमा हस्ताक्षर गरेका थिए ।

विज्ञप्ति तल हेर्नुहाेस्ः

 

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;