धिमालहरुको छैठौं राष्ट्रिय महाधिवेशनको मन्त्री हिक्मत बहादुर कार्कीद्वारा उद्घाटन

 लिम्बुवान न्युज
                       

उर्लाबारी। मोरङ् उर्लाबारी दश विघेमा धिमाल जातीहरुको जातीय संस्था धिमाल जातीय विकास केन्द्रको छैटौं राष्ट्रिय महाधिवेशन आजबाट प्रारम्भ भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत बहादुर कार्कीले गरेका हुन् ।

धिमाल जातीको पहिचान राष्ट्रको शान, धिमाल स्वायत्त क्षेत्र प्राप्ति हाम्रो अभियान मूल नारा दिईएको उक्त उद्घाटन शत्रमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजपुरियाले जातीय संस्थाहरु बिचको आपसी एकतालाई मजबुत बनाउँदै लानु पर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा पथरीशनिश्चरे नगरका प्रमुख दिलिप राई त्यसैगरी उर्लाबारी नगरका प्रमुख खड्ग फागोले समेत कार्यक्रमलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

आजको उद्घाटन सत्र कार्यक्रममा विकास केन्द्रका सल्लाहकार संयोजक रामबहादुर धिमाल, सल्लाहकार मोहन धिमाल त्यसैगरी संस्थापक पृती धिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम तेजबहादुर धिमालको अध्यक्षता र महासचिव केदार धिमालको संचालनमा उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ । उद्घाटन सत्रकै दिन आज धिमाल युवा तथा खेलकुद मञ्चले रक्तदान कार्यक्रम समेत गरेको छ ।

तस्वीरः केदार धिमालकाे फेसबुकबाट

 

सम्बन्धित समाचार

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...

युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको...

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...