चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

 लिम्बुवान न्युज
                       

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको छ ।

तेस्रो कार्याकालको लागि पुनः चन्द्र गजमेर अध्यक्षमा चयन भएका छन् । नौ सदस्यीय समितिको उपाध्यक्षमा देवेन्द्र प्रसाद संग्रौला, सचिव ज्ञानेन्द्र राई, सह–सचिव शुभाष राई र कोषाध्यक्षमा लेखनाथ सेडाई निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा पुकारराज राई, कृष्ण प्रसाद आचार्य, प्रेम कुमार आङदेम्बे र ज्ञानु फियाक निर्वाचित भएका छन् भने लेखा समिति संयोजकमा खगेन्द्र दुलाल, सदस्यहरुमा निरानन्द घिमीरे र नविन सेढाई निर्वाचित भएका छन् ।

झापा जिल्ला सहकारी संघको अध्यक्ष प्रेम कुमार कोइरालाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष रण बहादुर बराईलीको समेत उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;