दमक नगरपालिकामा कांग्रेसको चार सुत्रीय शैक्षिक माग पेश

 लिम्बुवान न्युज
                       

दमक। दमक क्षेत्रका सामुदायिक बिद्यालयहरुमा देखिएका समस्याको बारेमा मंगलवार नेपाली काङ्ग्रेस दमक नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ ।
लामो समयदेखि दमकको शैक्षिक क्षेत्र अस्तव्यस्त रहेको छ तर स्थानीय सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसको ठहर रहेको हुँदा चार सुत्रीय शैक्षिक मागपत्र बुझाईएको पार्टीका दमक नगर शिक्षा विभाग प्रमुख पर्शुराम रिजालले वताएका छन् ।

काङ्ग्रेस महासमिति सदस्य शेर बहादुर भट्टराई, क्षेत्रिय सभापति ढुण्डिराज भण्डारी, जिल्ला सह–सचिव राजेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि घनेन्द्रराज योङया, नगरसभापति रोशन बिष्ट सहितको प्रतिनिधि मण्डलले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद तिम्सिना, शिक्षाशाखा प्रमुख दिनेश न्यौपानेलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।

पार्टीका नगर सभापति रोशन विष्टद्धारा हस्ताक्षरित मागपत्रमा तीन सदस्यीय अभिभावक विहीन काम चलाउ विद्यालय व्यवस्थापन समिति आजको मितिदेखि खारेज गरि ७ दिन भित्रमा विद्यालय व्यवस्थापन समिति गठन प्रकृया शुरु गर्नुपर्ने, राज्यले निःशुल्क भनी घोषणा गरेको माध्यमिक तहसम्मको शिक्षा पूर्ण रुपले निःशुल्क गर्नुपर्ने उल्लेख छ ।

यस्तै, पूर्व प्राथमिक तथा बाल कक्षाका शिक्षकहरु र विद्यालयका कर्मचारीहरुलाई तह अनुसार नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिने व्यवस्था गर्न तथा प्रमाणपत्रको नाममा विद्यालयहरुले लिदै आएको तिर्न नसक्ने गरि लगाएको शुल्क लिन तुरुन्त बन्द गर्न समेत माग गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...