किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

 लिम्बुवान न्युज
                       

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ ।
आयोजक समितिले जनाए अनुसार अधिवेशनलाई भव्य र सांस्कृतिक रूपमा सम्पन्न गर्ने तयारी गरिएको बताइएकाे छ। अधिवेशनको उद्घाटन तथा विभिन्न सत्रहरूमा जातीय नृत्यसहित लिम्बू समुदायको पहिचान झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछ। यसले लिम्बू समुदायको भाषा, संस्कृति र पहिचानलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
तेस्रो अधिवेशनको मुख्य एजेन्डाका रूपमा हालको कोशी प्रदेश नामको विरोध गर्दै लिम्बुवान प्रदेश स्थापना गर्नुपर्ने मागलाई अघि सारिएको छ।
किरात याक्थुङ चुम्लुङले प्रदेश पुनर्संरचनाका क्रममा ऐतिहासिक पहिचान, भूगोल र मौलिक अधिकारलाई बेवास्ता गरिएको भन्दै कोशी प्रदेश नामप्रति विगतदेखि नै असहमति जनाउँदै आएको छ।
आयोजकका अनुसार लिम्बू समुदायको ऐतिहासिक भूमि र पहिचानसँग जोडिएको लिम्बुवान नामलाई राज्यले स्वीकार गर्नुपर्ने माग अधिवेशनबाट पुनः जोडदार रूपमा उठाउने बताइएकाे छ । यसका साथै, प्रदेश नामकरणसँग सम्बन्धित आन्दोलनलाई थप सशक्त बनाउने रणनीति, भावी कार्यक्रम र संगठनात्मक सुदृढीकरणका विषयमा पनि अधिवेशनमा विस्तृत छलफल हुने बताइएको छ।
अधिवेशनमा प्रदेश १ का नाै जिल्लाबाट प्रतिनिधिहरू, संघीय सदस्यहरू, राष्ट्रिय चुम्लुङ सदस्यहरू, प्रदेश समितिका पदाधिकारी, प्रतिनिधि, सदस्यहरू तथा लिम्बू समुदायका अगुवा व्यक्तित्वहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ।
तेस्रो अधिवेशनले लिम्बुवान प्रदेशको मागलाई राष्ट्रिय तहमा पुनः उजागर गर्दै समुदायको अधिकार, पहिचान र आत्मसम्मानका लागि महत्वपूर्ण निर्णयहरू गर्ने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...