
दमकमा एक बालक मृत फेला
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
काठमाडौं। चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण अझै पनि नियन्त्रण भएको छैन । विभिन्न देशहरुले कोरोना खोप बनाएर परिक्षण गरिरहेको छ तर नेपालमा कहिल्यैबाट कोरोना खोप लगाउन थाल्ने हो सरकार अझै पनि मौन रहेको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपाल अहिले कोरोना संक्रमणको ४१औं नम्बरमा रहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ७७ लाख ८३ हजार ३३३ पुगेको छ भने पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ पुगेको तथ्याङ्कले देखाएको छ । अमेरिका हालसम्म पनि पहिलो स्थानमा यथावत रहेको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिए संगै कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष रहेका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेको मन्त्रालयको तथ्याङ्का रहेको छ ।
४८३ जना निको भइ डिस्चार्ज भईरहँदा कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...
ललितपुर, ३१ असार । लिम्बु भाषाकाे चलचित्र ‘चे’ले विशेष चलचित्र पुरस्कार ०८१ जित्न सफल भएको छ । पान्थरका लेखक, साहित्यकार, कलाकार तथा निर्देशक समेत रहेका सागर केरुङको लेखन, निर्देशन रहेको लिम्बू भाषाको चलचित्रले उक्त पुरस्कार...
पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...
दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...