नेपाल कोरोना संक्रमितको ४१औं नम्बरमा

 लिम्बुवान न्युज
                       

काठमाडौं। चीनको वुहान शहरबाट शुरु भएको कोरोना संक्रमण अझै पनि नियन्त्रण भएको छैन । विभिन्न देशहरुले कोरोना खोप बनाएर परिक्षण गरिरहेको छ तर नेपालमा कहिल्यैबाट कोरोना खोप लगाउन थाल्ने हो सरकार अझै पनि मौन रहेको छ ।

कोरोना संक्रमणको उच्च जोखिममा रहेको नेपाल अहिले कोरोना संक्रमणको ४१औं नम्बरमा रहेको छ । विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ७७ लाख ८३ हजार ३३३ पुगेको छ भने पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या २ करोड १८ लाख ५७ हजार ६१६ पुगेको तथ्याङ्कले देखाएको छ । अमेरिका हालसम्म पनि पहिलो स्थानमा यथावत रहेको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना संक्रमित थपिए संगै कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित हुनेमा १८२ महिला र २३० पुरुष रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार १३२ पीसीआर परीक्षण भएको छ । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ पीसीआर परीक्षण भएको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५८ छ भने क्वारेन्टाइनमा ३४२ जना रहेको मन्त्रालयको तथ्याङ्का रहेको छ ।

४८३ जना निको भइ डिस्चार्ज भईरहँदा कोरोनाबाट निको हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ को मृत्यु भएको छ भने हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...